
लन्डन । नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना गरेको छ ।
दोस्रो विश्व ध्यान दिवसको अवसरमा जीवन विज्ञान यूकेसँगको सहकार्यमा दूतावासले आइतबार ध्यान शिविर सञ्चालन गरेको हो । जीवन विज्ञान यूकेकी प्रशिक्षक सरिता शर्माले मन र चित्तलाई शान्त पार्दै आफूतर्फ फर्कने अभ्यास नै ध्यान भएको बताउनुभयो । उहाँले कामदार पठाउने मुलुकको रुपमा नेपालको पहिचान बनिरहेका बेला गुरुदेवद्वय एलपी भानु शर्मा र रमेश नेपालको नेतृत्वमा जीवन विज्ञानको माध्यमबाट विश्वलाई योग र ध्यानको खजाना दिन सक्ने मुलुकको रुपमा नेपालको पहिचान बनाउने काम भइरहेको जनाउनुभयो ।
बेलायतका लागि नेपालका कार्यवाहक राजदूत विपिन दुवाडीले तन र मन स्वस्थ र सन्तुलित राख्न र जीवनको अर्थ खोज्न योग र ध्यान अत्यावश्यक भएको बताउनुभयो । उहाँले भन्नुभयो,‘दूतावासमा हामीहरु समयको चापकाबीच काम गरिरहेका हुन्छौं। त्यसैले शरीर र मन दुवैलाई सन्तुलनमा राख्नका लागि उपयोगी ध्यानका विधिहरु सिक्न हामी लालायित छौं ।’
जीवन विज्ञान यूकेका ट्रष्टीहरु प्रेम खड्का, तुलसी पौडेललगायत करिब ४० जना साधकहरु ध्यान सत्रमा सहभागी भएको नेपाली दूतावास लन्डनले जनाएको छ ।
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]