
लन्डन । बेलायतमा कार दुर्घटनामा ज्यान गुमाएका २० वर्षीय नेपाली विद्यार्थी युविन तामाङका परिवारलाई प्रेम गाहामगर नेतृत्वको एनआरएनए यूकेले झन्डै ५ लाख रुपैयाँ हस्तान्तरण गरेको छ ।
लल्डरसटस्थित एनआरएनएको कार्यालयमा एक कार्यक्रमबीच २ हजार ६६६.२५ पाउन्ड (४ लाख ९७ हजार नेपाली रुपैयाँबराबर) युविनका बुबाआमा विकास तामाङ र शर्मिला मगर तामाङलाई एनआरएनए यूकेका कार्यवाहक अध्यक्ष अनिल मल्ल र महासचिव जुरेन्द्र खजुमले हस्तान्तरण गर्नुभएको हो । शव नेपाल पठाउने र अन्तिम संस्कारका खर्चमा सहयोग पुर्याउन समुदायले एकजुट भएर उक्त रकम संकलन गरेको थियो।
कार्यक्रममा उनीहरुले बेलायतमा रहेका नेपालीहरुद्वारा देखाइएको साथ र एकताप्रति आभार व्यक्त गर्नुभयो । उहाँहरुको भनाइ थियो, ‘सबैको सानो-ठूलो सहयोगले परिवारलाई ठोस राहत पुगेको छ । यो समुदायको मानवीय भावनाको स्पष्ट उदाहरण हो ।’
रकम ग्रहण गर्दै युविनका बुबाआमाले समुदाय र एनआरएनए यूकेको तर्फबाट प्राप्त साथ र मायाप्रति गहिरो कृतज्ञता व्यक्त गर्नुभयो । ‘कठिन घडीमा साथ दिएको सबैलाई हार्दिक धन्यवाद,’ उहाँहरुले भन्नुभयो ।
एनआरएनए यूकेले घटनासँग सम्बन्धित कानुनी प्रक्रिया निष्पक्ष रुपमा अघि बढोस् भन्ने अपेक्षा व्यक्त गर्दै युविन तामाङको आत्माको शान्तिको कामना गरेको छ ।
हर्मुज सुरक्षित बनाउन सक्रिय बने फ्रान्स–बेलायत
नेपालमा बढे विदेशी पर्यटक, ६ महिनाको अवधिमा ६ लाख २० हजार ४५३ भित्रिए
नेपालमा वालेन्द्र शाह नेतृत्वको सरकारको १०० दिन : के के भए उपलब्धि ?
विदेशस्थित नेपाली नियोग र राहदानी विभागबाट प्रदान गरिने सेवा केही दिन बन्द हुन सक्ने
प्राकृतिक जलवायु प्रणाली ‘एल निनो’ तीव्र बन्दै, चरम मौसमको जोखिम बढ्ने
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
बीसीसी यूकेद्वारा डर्डल डोरमा एकदिने भ्रमण, च्योद् साधना सम्पन्न
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
शिशुलाई जबरजस्ती स्वीकार गराइएको घटनामा बेलायतका प्रधानमन्त्रीद्वारा माफी