
लन्डन । पद सम्हालेको एक वर्ष नबित्दै बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे स्वदेश फर्कनुभएको छ ।
नेपालमा जेनजी आन्दोलनका कारण बनेको नयाँ सरकारले फिर्ता बोलाएपछि राजदूत घिमिरे मंगलबार धर्मपत्नी सरिता न्यौपाने घिमिरे र दुई सहयोगीका साथ लन्डनस्थित हिथ्रो एयरपोर्ट हुँदै नेपाल फर्किनुभएको हो । गत असोज ३० को नेपाल सरकार मन्त्रिपरिषद् बैठकले बेलायतसहित ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।
राजदूत घिमिरेलाई बिदाइ गर्न कार्यवाहक राजदूत विपिन दुवाडी र दूतावासका सैनिक सहचारी सहायक रथी अनुप शाह हिथ्रो विमानस्थल पुग्नुभएको थियो ।
नेपाल फर्कने क्रममा फेसबुकमा गुडबाई डियर यूके लेख्नुहुँदै राजदूत घिमिरेले बेलायतमा नेपाली समुदायले देखाए निःशर्त र असीमित माया तथा सम्मानका लागि आभार प्रकट गर्नुभएको छ ।
घिमिरेले गत १७ जनवरी २०२५ मा लन्डनस्थित नेपाली दूतावासमा २३औँ राजदूतका रूपमा कार्यभार सम्हाल्नुभएको थियो । सर्वोच्च अदालतले राजदूत फिर्ता गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश दिएपछि परराष्ट्र मन्त्रालयले सोमबार दूतावासहरुलाई पत्राचार गर्दै ३ तीनभित्र फर्कन भनेको थियो ।
सरकारले चीन, जर्मनी, मलेसिया, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, बेलायत, संयुक्त राज्य अमेरिका र जापानमा कार्यरत राजदूतहरूलाई फिर्ता बोलाएको थियो ।
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]