
लन्डन । पद सम्हालेको एक वर्ष नबित्दै बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे स्वदेश फर्कनुभएको छ ।
नेपालमा जेनजी आन्दोलनका कारण बनेको नयाँ सरकारले फिर्ता बोलाएपछि राजदूत घिमिरे मंगलबार धर्मपत्नी सरिता न्यौपाने घिमिरे र दुई सहयोगीका साथ लन्डनस्थित हिथ्रो एयरपोर्ट हुँदै नेपाल फर्किनुभएको हो । गत असोज ३० को नेपाल सरकार मन्त्रिपरिषद् बैठकले बेलायतसहित ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।
राजदूत घिमिरेलाई बिदाइ गर्न कार्यवाहक राजदूत विपिन दुवाडी र दूतावासका सैनिक सहचारी सहायक रथी अनुप शाह हिथ्रो विमानस्थल पुग्नुभएको थियो ।
नेपाल फर्कने क्रममा फेसबुकमा गुडबाई डियर यूके लेख्नुहुँदै राजदूत घिमिरेले बेलायतमा नेपाली समुदायले देखाए निःशर्त र असीमित माया तथा सम्मानका लागि आभार प्रकट गर्नुभएको छ ।
घिमिरेले गत १७ जनवरी २०२५ मा लन्डनस्थित नेपाली दूतावासमा २३औँ राजदूतका रूपमा कार्यभार सम्हाल्नुभएको थियो । सर्वोच्च अदालतले राजदूत फिर्ता गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश दिएपछि परराष्ट्र मन्त्रालयले सोमबार दूतावासहरुलाई पत्राचार गर्दै ३ तीनभित्र फर्कन भनेको थियो ।
सरकारले चीन, जर्मनी, मलेसिया, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, बेलायत, संयुक्त राज्य अमेरिका र जापानमा कार्यरत राजदूतहरूलाई फिर्ता बोलाएको थियो ।
पोखरामा नेपाली कलालाई विश्वमाझ चिनाउन प्रदर्शनी : नेपाली ३३ र बेलायतसहितका १५ विदेशी कलाकारको सहभागिता
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
नेपाल सरकार श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
ऊर्जामन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते
भेनेजुएलाको राजधानीमा विस्फोट, अमेरिकी हस्तक्षेपको आरोप, के-के छन् घटनाक्रम ?