
गण्डकी । कलाकारिताका माध्यमबाट देशलाई चिनाउने महाअभियानमा जुट्नुभएका कलाकार नगेन सिंह ठकुरीको नेपाल कला यात्रा पुस्तक बजारमा आएको छ । विश्वको उत्कृष्ट गन्तव्य नेपाल बनाउने महाअभियान स्वरुप ७७ जिल्लाका १०१ गन्तव्यलाई कलाका रुपमा पुस्तकमा प्रकाशन गरिएको हो ।
शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनी, विश्वको सर्वोच्च शिखर सगरमाथा, विश्व सम्पदा पशुपतिनाथ, मुक्तिनाथ, लाङटाङ, चितवन राष्ट्रिय निकुञ्जका माध्यमबाट विश्वमञ्चमा नेपाल परिचित भए पनि ७७ वटै जिल्लाका विभिन्न स्थानमा रहेका धार्मिक, प्राकृतिक वा सांस्कृतिक सम्पदालाई क्यानभासमा उतारी ‘नेपाल कला यात्रा’ पुस्तक तयार गरिएको कलाकार सिंहले जानकारी दिनुभयो ।
यस पुस्तकलाई १९७ भाषामा अनुवाद गरी विश्वभरका विश्वविद्यालय र पुस्तकालयमा वितरण गरिने उहाँको भनाइ छ । देशका विभिन्न पर्यटकीय गन्तव्यमा पुगी तत्तत् ठाउँका कलालाई उतार्नुभएका सिंहको यो अभियान २०६७ साल कात्तिक ६ गते बुद्ध जन्मस्थल लुम्बिनीबाट घोषणा गरिएको थियो ।
“अभियान घोषणासँगै २०७१ जेठ ३० गते ताप्लेजुङको पाथीभरा देवी मन्दिरबाट देशका ७७ वटै जिल्लामा कलायात्रा सुरु गर्यौं”, उहाँले भन्नुभयो । सिंहको कलायात्रा पुस्तकको पहिलो कलाका रुपमा पानी रङमा पाथीभरा देवीको मन्दिर समेटिएको छ ।
कलायात्रा पुस्तकमा पाँचथरको स्वीजरल्याण्ड गाउँ, बाग्लुङको गाईघाट झरना, भक्तपुरको नगरकोट, चितवनको बीस हजारी ताल, धनुषाको जनकपुरधाम विवाह मण्डप, धनकुटाको भेडेटार र कृषि अनुसन्धान केन्द्र पाख्रीबासलाई कलाका रुपमा समेटिएका छन् । अधिकांश कला पानी रंगका साथै एक्लेरिक रङमा कोरिएका छन् ।
पुस्तकमा गुल्मीको मुसीकोट दरबार र रेसुङ्गा, दोलखाको कुरी गाउँ, झापाको कन्काइ आर्यघाट, धनुषकोठी धाम र जामुनखाडी सिमसार, कपिलवस्तुको तिलौराकोट ‘पूर्वी ढोका’ कास्कीको ल्वाङ भिलेज होमस्टे, फेवा ताल, बेगनास ताल, सहिदचोक, चिसापानी रोयल ट्रयाक र तनहुँको ढोरबाराहीलाई समेटिएको छ ।
त्यस्तै काठमाडौंको धरहरा, कीर्तिपुको बाघभैरव मन्दिर, काभ्रेपलाञ्चोकको दोलालघाट, गोरखाको गोरखा दरबार, डडेलधुराको अमरगढी किल्ला, अछामको बैधनाथ धाम, कालिकोटको पिली युद्ध संग्रहालय, मुगुको राराताल, अर्घाखाँचीको सुपा देउराली, सुर्खेतको बुलबुल ताल, सल्यानको कुपिन्डे ताल, बर्दीयाको बर्दिया राष्ट्रिय निकुञ्ज, रामेछापको जटापोखरी, पर्वतको जलजला, म्याग्दीको राखु भगवती मन्दिर आदि गन्तव्यहरू कलामा समेटिएका छन् ।
यस अभियानमा पुस्तक प्रकाशका रुपमा नगेन न्यूज पब्लिकेशन प्रालिका साथै एक हजार ५६१ जना प्रत्यक्ष जोडिनुभएको प्रालिका अध्यक्ष ज्योति हमालले जानकारी दिनुभयो ।
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु, ४ हजार ३०० भन्दा बढी घाइते [अपडेट]
राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए ? [सूची]
भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ९७१ घाइते [अपडेट]