
लन्डन । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले संयुक्त अधिराज्य (बेलायत)सहित विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग द्विपक्षीय भेटवार्ता गर्नुभएको छ । जेनेभामा जारी अन्तरव्यवस्थापिका सङ्घ (आपियू) को १५१औँ महासभामा सहभागी हुनका लागि जेनेभामा रहनुभएका उहाँले विभिन्न देशका संसदीय प्रतिनिधिमण्डलसँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको हो ।
महासभामा सहभागी हुन आएका संयुक्त अधिराज्य (बेलायत), जनवादी गणतन्त्र चीन र श्रीलङ्काका संसदीय प्रतिनिधिमण्डलसँग आज छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको अध्यक्ष दाहालका प्रेस विज्ञ डिल्ली मल्लले जानकारी दिनुभयो ।
आइपियूको एसिया प्यासिफिक ग्रुपको अध्यक्षसमेत रहनुभएका चिनियाँ नेता छुइजीङ टिएन नेतृत्वको चिनियाँ संसदीय प्रतिनिधिमण्डल, फाबिन हमिलटोन नेतृत्वको बेलायती संसदीय प्रतिनिधिमण्डल र सुनिल वाटगला नेतृत्वको श्रीलङ्काको संसदीय प्रतिनिधिमण्डलसँग छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता भएको थियो ।
सबै भेटमा राष्ट्रबीचको आपसी सम्बन्ध, संसदीय मैत्री समूहमार्फत् संसदीय अनुभव आदानप्रदान, अन्तरराष्ट्रिय मञ्चमा सहकार्य र सहयोगलगायत विषयमा छलफल भएको दाहालका प्रेस विज्ञ मल्लले बताउनुभयो ।
अध्यक्ष दाहालले नेपालमा पछिल्लो समयमा भएको जेनजी प्रदर्शन, त्यसबाट उत्पन्न नयाँ राजनीतिक परिवेशमा अन्तरिम सरकार गठन भएको र चुनाव घोषणा भएको जानकारी गराउँदै तोकिएको समयमा निर्वाचन सम्पन्न गरी लोकतान्त्रिक सुदृढीकरणका लागि नेपाल प्रयत्नशील रहेको बताउनुभयो ।

प्रदर्शनका क्रममा क्षति पुगेका संरचनाको पुनर्निर्माण र नयाँ निर्वाचनका लागि मित्रराष्ट्रको साथ र सहयोगका लागि अध्यक्ष दाहालले आग्रह गर्नुभयो । भेटमा उहाँले जलवायु परिवर्तनको असर नेपालीले प्रत्यक्ष भोगिरहेको असरहरू उल्लेख गर्दै विकासोन्मुख देशहरूलाई विश्व समुदायले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

रुसी तेलसम्बन्धी नयाँ प्रतिबन्ध कार्यान्वयनमा बेलायत सरकारको ढिलाइ
नेपाल मगर संघको १३ औँ राष्ट्रिय महाधिवेशन काठमाडौंमा
क्यालिफोर्नियामा भीषण आगलागी, १७ हजार विस्थापित
अमेरिकाको कोलोराडोमा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन
नेपालको प्रतिनिधिसभा सांसदलाई मर्यादित हुन सभामुखको आग्रह
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
ई–बिडिङ प्रकरणमा पूर्वमन्त्री विक्रम पाण्डेसहित ११ जनालाई धरौटीमा छाड्न आदेश
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे