
लन्डन । बेलायतको बेरोजगारी दर चार वर्ष भन्दा बढीको उच्चतम स्तरमा पुगेको आधिकारिक तथ्याङ्कले मङ्गलबार देखाएको छ ।
अगस्टको अन्त्यमा बेरोजगारी दर ४.८ प्रतिशत पुगेको छ । जुन सन् २०२१ को पहिलो अर्धवार्षिक पछिको उच्चतम स्तर, भएको राष्ट्रिय तथ्याङ्कको कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।
जुलाईको अन्त्यमा तीन महिनामा बेरोजगारी ४.७ प्रतिशत भएकोको तुलनामा हाल बढेको ओएनएसले एक विज्ञप्तिमा उल्लेख गरेको छ ।
सरकारले आफ्नो पछिल्लो कर र खर्च योजनाहरू तय गर्नुभन्दा लगभग छ हप्ता अघि बेलायतले स्थिर वृद्धि र उच्च मुद्रास्फीति सहिरहेको समयमा यो तथ्याङ्क आएको हो । “पछिल्लो तथ्याङ्कले बेलायतको श्रम बजारमा केही महत्वपूर्ण दरारहरू बनिरहेको देखाउने लगानी प्रबन्धक क्विल्टर चेभियोटका विश्लेषक रिचर्ड कार्टरले उल्लेख गर्नु भयो ।
“बजेट नजिकिँदै जाँदा, बेरोगारी वृद्धिदर जारी रहने सम्भावना रहेको जनाइएको छ । उच्चदरको करले यस वर्ष व्यवसायहरूमा बोझ पारेकाले व्यावसायीरूले रोजगारी योजनाहरू नल्याउने र सहजताको बातावरण सुनिश्चित नभए सम्म बेरोजगारीदर बढ्ने उनीहरुले बताएका छन् ।
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा