
काठमाडौं । २०८१ सालको मदन पुरस्कार छुदेन काविमोको उपन्यास ‘उरमाल’ले दिइने भएको छ ।
मदन पुरस्कार गुठीको शुक्रबार बसेको बैठकले ‘उरमाल’लाई यस वर्ष मदन पुरस्कार अर्पण गर्ने निर्णय गरेको गुठीका अध्यक्ष कुन्द दीक्षितले जानकारी दिनुभएको छ । उहाँका अनुसार २०८१ सालको जगदम्बाश्री पुरस्कार प्रेमदेव गिरीलाई दिने निर्णय भएको छ ।
विगत पाँच दशकदेखि लोक संस्कृति क्षेत्रमा सक्रिय रहेका गिरीलाई भने लोकभाका संकलन र संरक्षणमा विशिष्ट योगदान गरेबापत उक्त पुरस्कार दिने निर्णय गरेको हो ।
यस वर्षको मदन पुरस्कारका लागि श्रेष्ठ सूचीमा छुदेन काविमोको ‘उरमाल’, रमेश भुसालको ‘छालबाटो’, कुमारी लामाको ‘दर्ज्यु संलाप’, मनप्रसाद सुब्बाको ‘पञ्चतत्त्वको पालाम’, श्रेयज सुवेदीको ‘बहुरुपी’, सुधीर शर्माको ‘भिक्षु, व्यापार र विद्रोह’ र तीर्थ गुरुङको ‘हिउँको गीत’ परेका थिए ।
लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
नेपाली कांग्रेसको १५औँ महाधिवेशन भदौ आगामी २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
कोलम्बियामा एक सय २८ जना सवार सैन्य विमान दुर्घटना : कम्तीमा ६६ को मृत्यु
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री
कसरी भयो बेलायतमा बेरोजगारी ५ वर्षकै उच्च ?
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु