
लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी १२औँ महाधिवेशन (मार्च १४–१६) मा बेलायतबाट डा हेमराज शर्माले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।
रिब्रान्डिङ एनआरएनएको मुख्य उद्देश्यसहित नयाँ कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने डा. शर्माले आइतबार भर्चुअलमाध्यमबाट घोषणा गर्नुभएको हो । उहाँ हाल उपाध्यक्ष हुनुहुन्छ । डा शर्माले प्रतिबद्धतापत्र समेत सार्वजनिक गर्नुभएको छ ।
बागलुङको अमलाचौरमा जन्मिएका शर्मा एनआरएनभित्रका सक्रिय प्राज्ञिक व्यक्तित्वको रुपमा परिचित हुनुहुन्छ । उहाँले भौतिकशास्त्रमा त्रिभुवन विश्वविद्यालयबाट गोल्ड मेडल समेत हासिल गर्नुभएको छ । उनले सन् १९९७ मा जापानको रिक्यो विश्वविद्यालयमा मास्टर्स कोर्स गर्नुभएको थियो भने १९९८ मा इटालीबाट थप मास्टर्स डिग्री हासिल गर्नुभयो । उहाँले सन् २००२ मा फ्री युनिभर्सिटी बर्लिनबाट ‘फिजिक्स’ मै पिएचडी गर्नुभएको हो ।
सन् २००५ मा एनआरएन जापानको महासचिवको जिम्मेवारी सम्हालेका शर्माले सन् २००७ मा बेलायत आएसँगै त्यहाँको आइसीसी सदस्यमा मनोनीत हुनुभएको थियो ।

आफैंले चलाएको गाडी भीरमा खस्दा उपमेयर मीनराज राना मगरको ज्यान गयो
युरोपमा शनिबार १९ करोड ३० लाख मानिस उच्च तापक्रमबाट प्रभावित
भेनेजुएलाको भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुग्यो, विदेशी नागरिक पनि प्रभावित
फिफा विश्वकप २०२६ : नर्वेलाई हराउँदै फ्रान्स समूह आइको बिजेता
तनहुँ समाज हङकङले गर्यो मिर्गौला तथा क्यान्सर पीडितलाई आर्थिक सहयोग
नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न दूतावासको आग्रह
राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन भरतपुरमा उद्घाटन
बेलायती प्रधानमन्त्री किर स्टार्मरद्वारा राजीनामाको घोषणा
नेपाली समाज नटिङ्घम यूकेले आगामी २७ जुलाईमा चौंथो मिडल्याण्ड नेपाली मेला आयोजना गर्ने
ग्यास टर्मिनल विस्फोटले कतारमा सङ्कट : कम्तीमा ५४ घाइते, १८ जना अझै बेपत्ता