
बेलायत । मानवसेवा आश्रम यूके च्याप्टरले विदेशमा रहेर पनि नेपालमा सडक तथा सार्वजनिक स्थानमा कष्टकर जीवन बिताइरहेका सहयोगापेक्षी, बेसहारा, असक्त, असहाय, अनाथ, अभिभावकविहीन तथा मानसिक वा शारीरिक रूपमा कमजोर नागरिकको सेवामा समर्पित अभियानलाई निरन्तर साथ र सहयोग गर्ने प्रतिवद्धता जनाएको छ।
द न्यु रोज रेस्टुरेन्ट, गिल्डफोर्डमा आयोजित विशेष बैठकमा यूकेभरि रहेका मानवसेवा आश्रमका अभियन्ता, सदस्य तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। च्याप्टर संयोजक सुनिलबाबु खड्काको अध्यक्षतामा सम्पन्न बैठकको सञ्चालन महासचिव यादव श्रेष्ठले गरेका थिए।
बैठकमा सल्लाहकार तथा अभियन्ता शिवजी श्रेष्ठ, चन्द्र अर्याल, सुरेन्द्र श्रेष्ठ, राजु आचार्य, विक्रम भट्टराई, देवेन्द्रसिंह श्रेष्ठ, मीन दर्लामी, रस्मिता दर्लामी, तुलसी फुयाँल, वसन्त गौतम, मञ्जु भण्डारी खरेल, जीवनबहादुर शाही, सुलोचना थापा, राधा गौतम, रामकृष्ण अर्याल, ललिता अर्याल, कमला खड्का, विवेक अधिकारी, प्रकाश भण्डारी, श्याम पाण्डे, माधवराज उप्रेती, राजु पाठक, पवित्रा भट्टराई, मीनू शाक्य श्रेष्ठ, सुमित्रा श्रेष्ठ, उर्मिला श्रेष्ठ, सुयोग्य श्रेष्ठलगायतको उपस्थिति रहेको थियो।
बैठकले आगामी वार्षिक साधारण सभा १९ जुलाईमा अल्डरसटमा आयोजना गर्ने निर्णय गरेको छ। साथै, साउथ ईस्ट लन्डन, साउथ वेस्ट लन्डन, मिडल्याण्ड्स, अल्डरसट, स्कटल्यान्डलगायत यूकेका विभिन्न स्थानहरूमा बृहद् कार्यक्रमहरू आयोजना गर्ने तयारी गरिएको छ।
यी कार्यक्रमहरू नेपालबाट आउने मानवसेवा आश्रमका संस्थापक तथा केन्द्रीय अध्यक्ष रामजी अधिकारी तथा उहाँको टोलीको विशेष उपस्थितिमा सञ्चालन गरिनेछन्। आश्रमले २०८२ सालसम्म “सहयोगापेक्षी सडकआश्रित मानवमुक्त राष्ट्र नेपाल” निर्माण गर्ने राष्ट्रिय अभियानलाई सशक्त साथ दिन यूके च्याप्टर सक्रिय रूपमा जुट्ने जनाएको छ।
यूकेस्थित विभिन्न संघ–संस्थासँग समन्वय गर्दै कार्यक्रमहरूको समय व्यवस्थापन गरिने बताइएको छ। आफूलाई पायक पर्ने स्थानबाट सहभागी भई अभियानलाई मजबुत बनाउन यूके च्याप्टरले सबैलाई आग्रह गरेको छ।
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए प्रवक्ताको जिम्मेवारी सोम सापकोटालाई
एनआरएनएको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन, को को परे ? [हेर्नुहोस् नामावली]
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
‘स्ट्रेट अफ हर्मुज’बारे अर्को हप्ता लन्डनस्थित आइएमओको मुख्यालयमा ‘विशेष सत्र’