
बेलायत । बेलायत-भारत शैक्षिक सहयोग नयाँ चरणमा प्रवेश गर्न तयार भए सँगै नौ वटा बेलायती विश्वविद्यालयहरूले भारतमा क्याम्पसहरू स्थापना गर्ने तयारी गरिरहेको जनाइएको छ ।
प्रविधिको विकासले उच्च शिक्षा, प्रतिभा विकास र रचनात्मक उद्योगहरूमा दीर्घकालीन साझेदारी निर्माण गर्ने व्यापक रणनीति प्रतिबिम्बित गरेको जनाइएको छ ।
ब्रिटिस काउन्सिलका प्रतिनिधि एलिसन ब्यारेटलाई उदृत गर्दै एएनआईले रचनात्मक अर्थव्यवस्थामा बढ्दो सहकार्यको रूपान्तरणकारी सम्भावनालाई प्रकाश पारेको छ । उहाँले विद्यार्थी, विचार र विशेषज्ञताको दुई तर्फी सहयोग प्रवाहलाई जोड दिदै यसलाई नयाँ क्याम्पसहरूले पनि आतमसाथ गर्ने अपेक्षा गरेएको छ ।
भारतीय भूमिमा ब्रिटिस विश्वविद्यालयहरूको उपस्थिति शिक्षामा पहुँच विस्तार गर्ने मात्र नभई शैक्षिक समुदाय र उद्योगले नजिकबाट काम गर्ने एकीकृत वावावरण सिर्जना गर्नु रहेको ब्यारेटले उल्लेख गर्नु भएको छ । उहाँले पोडकास्टिङ, फिल्म निर्माण, फेसन र डिजाइन जस्ता रचनात्मक क्षेत्रहरूलाई सहकार्यका लागि उपयुक्त क्षेत्रका रूपमा औंल्याउनु भएको छ ।
यो पहल भारतको उच्च शिक्षा क्षेत्रलाई अन्तर्राष्ट्रियकरण गर्ने भारतको प्रयाससँग मेल खाने र आफूलाई नवीनता र रचनात्मक प्रतिभाका लागि विश्वव्यापी रूपमा स्थापित गर्ने जनाइएको छ । बेलायतका लागि, यसले आफ्नो शैक्षिक कार्यक्रम विस्तार गर्ने, विविध विद्यार्थी समूहहरूलाई आकर्षित गर्ने, र विश्वव्यापी शिक्षा बजारमा प्रतिस्पर्धी रहने तरिका प्रदान गर्ने जनाइएको छ । जुन विशुद्ध रूपमा निर्यात – संचालित हुनुको सट्टा बढ्दो सहयोगी छ ।
ब्यारेटका अनुसार, साझेदारीले संयुक्त स्नातकोत्तर र स्नातक कार्यक्रमदेखि लिएर संरचित इन्टर्नशिप मार्गहरू खुला गरी बेलायती विद्यार्थीहरूलाई भारतको क्षेत्रहरूमा अनुभव प्राप्त गर्न अनुमति दिन्छ । उहाँले गतिशीलता सम्बन्धको केन्द्रबिन्दु हुने बताउदै विद्यार्थीहरू दुई देशहरू बीच आदान प्रदान गर्ने संस्थाहरू मिलेर पाठ्यक्रम डिजाइन गर्ने काम गरिरहेको बताउनु भएको छ ।
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
कङ्गोमा इबोला प्रकोपः दर्जनौंको मृत्यु, विश्व स्वास्थ्य सङ्गठनद्वारा आपतकाल घोषणा
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन