
काजाब्लांका क्यासेल्लो ,बेल्जियम । बेल्जियममा रहेका नेपाली मगर समुदायले आफ्नो महान् चाड माघे सकराती भव्य रूपमा मनाएका छन् ।
मगर संघ बेल्जियमले डोन बोस्को-क्यासेल्लोमा कार्यक्रम गरी माघे संक्रान्ति मनाएको हो । कार्यक्रम औपचारिक र सांस्कृतिक कार्यक्रम गरी दुई चरणमा सम्पन्न भएको थियो । नेपाली आदिवासी मूलवासी मगर जातिको मौलिक संस्कृति झल्किने नृत्य, भेषभूषा, कन्दमूल र मौलिक परिकारहरू पस्किएर मगर संघ बेल्जियमकी अध्यक्ष कल्पना मगरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
माघ्या सकराटी कार्यक्रमका प्रमुख अतिथि बेनेलक्स र यूरोपियन युनियनका लागि नेपाली राजदूत सेवा लम्सालले नेपालको मगर समुदायले बेल्जियममा आफ्नो कला संस्कृति पस्किएर भव्य रुपमा माघे सकराती चाड आयोजना गरेकोमा बधाई र शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा विशिष्ट अतिथि नेपाल आदिवासी जनजाति महासंघ बेल्जियमका अध्यक्ष प्रबिना गुरुङले सांस्कृतिक पहिचान र अधिकारका लागि राज्यले सबैलाई समान व्यवहार गर्नु पर्ने भन्दै परदेशमा पनि आफ्नो संस्कृतिलाई जीवन्त राख्न प्रयत्न गरिरहनुपर्ने बताउनुभयो ।
अर्का विशिष्ट अतिथि लुभेन नगरपालिकाका उपमेयर प्रा.बेर्त कोर्नेलीले यति ठूलो कार्यक्रम आयोजना गरेर नेपालीहरु ठूलो संख्यामा एकठाउँमा भेला भई नेपाली चाड माघे सकराती मनाएकोमा बधाई दिँदै युरोपियन युनियनको मुख्यालय पहिलो नजिकको र मुख्य सहरमा विश्वभरका धेरै देशका नागरिकको बसोबास सहरको सौन्दर्यता भएको उल्लेख गर्नुभयो ।
विशेष अतिथि आदिवासी मातृ संस्थाहरू लालिङ तामाङ अध्यक्ष रहेको तामाङ समाज बेल्जियम, इन्दिरा चाम्लिङ अध्यक्ष रहेको किरात राई सोसाईटी बेल्जियम,पेम्बा शेर्पा अध्यक्ष रहेको शेर्पा किदुग बेल्जियम, बदन योगहांग अध्यक्ष रहेको किरात याक्थुङ चुम्लुङ, तमु समाज बेल्जियम उपाध्यक्ष चित्रजंग गुरुङ, अनिता घलेलगायतको विशेष उपस्थिति थियो ।
मगर संघ बेल्जियमका उपाध्यक्ष हिमाल बुढाले स्वागत मन्तव्य राखेएको कार्यक्रम संचालन महासचिव कृष्णकुमारी मगर र संचार संयोजक चर्चित लेखक तथा स्तम्भकार,पत्रकार दिल निशानी मगरले गर्नुभएको थियो ।
सांस्कृतिक कार्यक्रमको संयोजन र संचालन अमर राना, बलराम पुन र सुशीला रोकाले गर्नुभएको थियो ।
कार्यक्रममा मगर अग्रजहरू मार्के मगर, लाल पाईजा, लोक राना, राम मगरलाई राडीको मौलिक पोषाक ओढाएर फेटा गुथेर र सम्मानपत्रसहित विशेष सम्मान गरिएको थियो ।
सांस्कृतिक कार्यक्रममा मगर समुदायका बालबच्चाहरूको आकर्षक नृत्य, मगर समुदायको मौलिक प्रस्तुतिसहित कौडालगायत रोल्पाली झाँकी प्रस्तुत गरिएको थियो ।
नेपालबाट आएका चर्चित गायक श्याम राना, गायिकाद्वय सपना श्रीस मगर, तृष्णा घर्तीको प्रस्तुतिमा दर्शकहरु झुमेर रमाउँदै भरपुर मनोरन्जन लिएका थिए ।
कार्यक्रममा पोर्चुगल मगर संघका सल्लाहकार यामेन्द्र घर्ती, स्पेन, क्रोयसिया, नेदरल्यान्ड, फ्रान्सलगायतका विभिन्न मुलुकबाट मगर संघका प्रतिनिधिको उपस्थिति थियो ।

गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर ११ देखि १५ सम्म
पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक धरमराज भण्डारी
संसदीय दलको नेता भीष्मराज आङ्देम्बेलाई बनाउने नेपाली कांग्रेसको निर्णय
नेपाल पत्रकार महासंघ यूकेले १० जुलाईमा १५औं स्थापना दिवस मनाउने
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
बेलायतको अल्डरसटबाट नेपाली ८१ वर्षीया वृद्धा सम्पर्कविहीन
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता