
लन्डन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार हिन्द महासागरमा रहेको चागोस टापुहरू मौरिटियसलाई हस्तान्तरण गर्ने सम्झौताका लागि बेलायतलाई ‘ठूलो मूर्खता’ गरेको आरोप लगाउनुभएको छ ।
“बेलायतले अत्यन्त महत्त्वपूर्ण भूभाग हस्तान्तरण गर्नु ठूलो मूर्खतापूर्ण कार्य हो र यो ग्रिनल्यान्ड अधिग्रहणको राष्ट्रिय सुरक्षासँग सम्बन्धित रणनीतिमा अर्को चुनौती हो”, ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा उल्लेख गर्नुभएको छ ।
यी टिप्पणीहरूले ट्रम्पका विचारमा ठूलो परिवर्तन देखाउँछन्, किनभने उहाँले पहिले सम्झौताको समर्थन गर्नुभएको थियो ।
सम्झौताअनुसार बेलायतले द्वीपसमूह मौरिटियसलाई फिर्ता गर्नेछ र सबैभन्दा ठूलो टापु डिएगो गार्सियामा रहेको प्रमुख अमेरिकी–युके सैन्य आधारलाई भाडामा दिनेछ ।
सन् १९६० मा मौरिटियसले स्वतन्त्रता प्राप्त गरेपछि बेलायतले चागोस टापुहरूको नियन्त्रण राख्दै आएको थियो । तर यस प्रक्रियाले हजारौँ चागोस टापुवासीहरूलाई विस्थापित बनाएको थियो, जसले बेलायती अदालतमा क्षतिपूर्तिका लागि कानूनी दावीको शृङ्खला राखेका छन् ।
सन् २०१९ मा अन्तर्राष्ट्रिय न्याय अदालतले दशकौँको कानूनी सङ्घर्षपछि बेलायतलाई द्वीपसमूह मौरिटियसलाई हस्तान्तरण गर्न सिफारिस गरेको थियो ।
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान
एमाले उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री विष्णुप्रसाद पौडेल थप तीन दिन थुनामा
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
फर्स्ट रोयल गोर्खा राइफल्सले मनायो ३२औँ वार्षिकोत्सव, डब्लुओटु दिलकुमार तामाङलाई ‘किङ्ग्स खुकुरी’
नेपाल-बेलायत संसदीय मैत्री समूह रास्वपा सांसद मनिष झाको संयोजकत्वमा गठन
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा
आकर्षक सुविधाको मोहमा विदेश पलायन हुँदैछन् नेपाली चिकित्सक
बेलायतका प्रधानमन्त्री स्टार्मरको राजीनामापछि बेलायत–इयू शिखर सम्मेलन स्थगित
बेलायतमा नेपाली विद्यार्थी कौशल ठाकुरको मृत्यु, शव नेपाल पठाउन एनआरएनए यूकेद्वारा सहयोगको आग्रह