
लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२ औं अन्तर्राष्ट्रिय महाधिवेशन तथा निर्वाचन सरेको छ ।
नेपालमा हुन लागेको प्रतिनिधिसभा निर्वाचन र तयारी अपुग भएको भन्दै आगामी १४-१६ मार्च २०२६मा हुने गरी बृहत् एकताको १२ औं महाधिवेशन सारिएको हो । एनआरएनएको बृहत् एकतापश्चात् गठित स्टेरिङ कमिटीले यसअघि सन् २०२६ फेब्रुअरी २३, २४ र २५ तारिखमा महाधिवेशन गर्ने निर्णय गरेको थियो ।
‘गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए) बृहत् एकताको १२ औं महाधिवेशन तयारी प्रक्रिया अझै पूर्ण नभएको तथा सबै पक्षलाई सहमतिमा ल्याई बृहत् एकताको भावनाअनुसार महाधिवेशन सम्पन्न गर्ने उद्देश्यले पूर्वनिर्धारित मितिमा केही परिमार्जन गरिएको जानकारी गराइन्छ,’ एनआरएनएद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ, ‘संघको बृहत् एकतापश्चात् गठन भएको स्टेरिङ कमिटीले सम्पूर्ण प्रक्रिया पारदर्शी, समावेशी र सहमति मूलक ढंगले अघि बढाउने प्रतिबद्धताका साथ १२ औं बृहत् एकताको अन्तर्राष्ट्रिय महाधिवेशन १४-१६ मार्च २०२६ मा सम्पन्न गर्ने निर्णय गरेको छ र सोहीअनुसार तयारी कार्य तीव्र रुपमा अघि बढाइएको छ ।’

एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन सर्यो, अब १४-१६ मार्चमा हुने [विज्ञप्तिसहित]
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पोखराबाट पक्राउ
नेपाल सरकारका खेलकुदमन्त्री बब्लु गुप्ताद्वारा राजीनामा
नेपाल आदिवासी जनजाति महासङ्घको ११ औँ राष्ट्रिय महाधिवेशन २२ जनवरीदेखि
युरोपेली सङ्घसँग सम्बन्ध सुधार्न बेलायतको लेबर तयार
संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतले मनायो ३०४औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस
नेपाली कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्यको संख्या २४ सय ९९, मंगलबार लिए शपथ
गिनिज वर्ल्ड रेकर्ड धारक सुनारलाई अमेरिकामा खेल विज्ञानमा मानार्थ विद्यावारिधि
नेपाली कांग्रेसका सभापतिमा गगनकुमार थापा निर्विरोध निर्वाचित
दुई प्रतिवेदन पारित गर्दै नेपाली कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न