
लन्डन । चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ ।
४२ वर्षीय तामाङको आइतबार ११ जनवरी २०२६ मा दिल्लीमा निधन भएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै निर्माता राजेश कौशलले जनाएको विभिन्न सञ्चारमाध्यमले लेखेका छन् । तामाङको हृदयघातका कारण निवासमै मृत्यु भएको जनाइएको छ ।
हृदयघात भएर नयाँ दिल्लीको द्वारकास्थित एक अस्पतालमा पुर्याउँदा अस्पतालले उनलाई मृत घोषणा गरेको हो ।
प्रशान्त भारतीय मूलका नेपालीभाषी गायक हुनुहुन्छ । तामाङ भारतीय टिभी रियालिटी शो इन्डियन आइडलको तेस्रो संस्करणका विजेता हुनुभएको थियो । उहाँले गोर्खा पल्टन, परदेशीलगायत केही नेपाली चलचित्रमा अभिनय गर्नुका साथै स्वर पनि दिनुभएको थियो । उहाँका असारे महिनामालगायत थुप्रै चर्चित गीत रहेका छन् ।
४ जनवरी १९८३ मा पश्चिम बंगालको दार्जिलिङमा जन्मिएका तामाङले साधारण पृष्ठभूमिबाट राष्ट्रियस्तरको ख्याति हासिल गर्नुभएको थियो ।
काठमाडौँमा सुरु भयो नेपाली कांग्रेसको विशेष महाधिवेशन
चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
नेपाली कांग्रेसको विशेष महाधिवेशन आइतबारदेखि काठमाडौंमा, महामन्त्रीद्वयको अगुवाइ
रास्वपासँगको एकता १२ दिनमै तोडिएपछि उज्यालो नेपाल पार्टीको अध्यक्षमा घिसिङ
परराष्ट्रमन्त्री शर्माको निर्देशन – ‘एनआरएनएको १२ औँ महाधिवेशन विधानअनुसार गर्नुस्’