
लन्डन । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए)ले १६ जनवरी २०२६ भित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई आग्रह गरेको छ ।
अध्यक्षद्वय महेशकुमार श्रेष्ठ र बद्री केपीले बिहीबार विज्ञप्ति जारी गर्नुहुँदै हालसम्म कुनै पनि माध्यमबाट सदस्यता नलिएका विश्वभरका गैरआवासीय नेपालीहरूलाई १६ जनवरीभित्र Members Registration System (MRS) मार्फत सदस्यता दर्ता गरी महाधिवेशनमा सहभागी हुन अनुरोध गरेका हुन् । एनआरएनए बृहत् एकताको १२ औँ महाधिवेशन २३–२५ फेब्रुअरीमा सम्पन्न हुँदै छ । संघको बृहत् एकतापश्चात् गठन भएको स्टेरिङ कमिटीले महाधिवेशनसम्बन्धी सम्पूर्ण प्रक्रिया पारदर्शी ढंगले तथा अघि बढाइरहेको समेत विज्ञप्तिमा उल्लेख छ ।
अध्यक्षद्वयले आपसी एकता र सहकार्यमार्फत १२ औँ अन्तर्राष्ट्रिय महाधिवेशनलाई ऐतिहासिक र सफल बनाउन सम्पूर्ण गैरआवासीय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा अपिलसमेत गर्नुभएको छ ।

गोरखाली समाज यूकेको अध्यक्षमा टकमाया गुरुङ निर्विरोध निर्वाचित
नेपाली कम्युनिष्ट पार्टीको राष्ट्रिय महाधिवेशन आगामी मङ्सिर ११ देखि १५ सम्म
पोर्चुगलमा पहिलो नेपाली स्वयंसेवी अग्निनियन्त्रक धरमराज भण्डारी
संसदीय दलको नेता भीष्मराज आङ्देम्बेलाई बनाउने नेपाली कांग्रेसको निर्णय
नेपाल पत्रकार महासंघ यूकेले १० जुलाईमा १५औं स्थापना दिवस मनाउने
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
बेलायतको अल्डरसटबाट नेपाली ८१ वर्षीया वृद्धा सम्पर्कविहीन
गैरआवासीय नेपाली ऐनसम्बन्धी मस्यौदा आगामी संसद् अधिवेशनमा प्रस्तुत गर्ने परराष्ट्रमन्त्री खनालको प्रतिबद्धता