
एन्त्रोपेन, बेल्जियम । गुरुङ समुदायको महान् चाड २६१०औँ तमु ल्होछार (सर्प वर्ग) विशेष कार्यक्रमका साथ बेल्जियमको एन्त्रोपेनमा सम्पन्न भएको छ ।
तमु समाज बेल्जियमको आयोजनामा ल्होसार कार्यक्रम भएको हो । कार्यक्रम समुद्घाटन बेनेलक्स र युरोपियन युनियनका लागि नेपाली राजदूत सेवा लम्सालले गर्नुभएको थियो । कार्यक्रममा मन्तव्य राख्नुहुँदै राजदूत लम्सालले प्रवासमा रहेर पनि नेपाली कला, संस्कृति र मौलिकता जगेर्ना गर्न तमु समाजले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।

तमु समाज बेल्जियमका अध्यक्ष राम घलेको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई नन्दकुमारी तमुस्योले संयोजन गर्नुभएको थियो । उपाध्यक्ष अनिता घलेले स्वागत मन्तव्य राख्नुभयो भने औपचारिक कार्यक्रम सञ्चालन महासचिव यामकुमारी गुरुङ, रिचा गुरुङ र अन्तिम गुरुङले संयुक्त रूपमा सञ्चालन गर्नुभएको थियो ।
नेपालबाट आएका स्थापित गायक धनबहादुर गुरुङ साथै कमल गुरुङ र लाहुरे कान्छा, राजु तमु (नेदरल्यान्ड)लगायतले सयौं दर्शकलाई झुमाएका थिए । स्थानीय कलाकारहरू रेमन घले, गुराँस घले, गणेश घले र रचना गुरूङको प्रस्तुति निकै रहरलाग्दो रहेको सहभागीले बताए ।

ल्होछार समारोहमा बेल्जियमस्थित विभिन्न जातीय तथा सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो । जसमा विशिष्ट अतिथिको रूपमा नेफिन बेल्जियमकी अध्यक्ष प्रविना गुरुङ, मातृ संस्थाहरू तामाङ समाज बेल्जियम अध्यक्ष लालिंग तामाङ, मगर संघ बेल्जियमकी अध्यक्ष कल्पना मगर, किरात राई सोसाईटी बेल्जियम अध्यक्ष इन्दिरा चाम्लिङ, किरात याक्थुङम चुम्लुङ अध्यक्ष बदन योगहाङ, पासा पुछका अध्यक्ष सूर्य श्रेष्ठ, थकाली सेवा समितिका अध्यक्ष सरोज गौचन लगायतको विशेष उपस्थिति थियो ।
ल्होसार कार्यक्रममा एनआरएन बेल्जियमका निवर्तमान अध्यक्ष सिता सापकोटा, नेपाल पत्रकार महासंघ युरोप र बेल्जियम अध्यक्ष केजिन राई, ओम शर्मा, तमु समाज फ्रान्स अध्यक्ष तकदिर गुरूङ, लक्जेम्बर्ग, नेदरल्यान्ड, पोर्चुगललगायत देशबाटसमेत पाहुना उपस्थित थिए ।
बेल्जियममा भव्यताका साथ तमु ल्होसार कार्यक्रम सम्पन्न
ल्होछारको अवसरमा तमु समाज युके नेपाली कम्युनिटी सेन्टरमा ग्रहशान्ति तथा शुद्धीकरण पूजा सम्पन्न
विविध धार्मिक कार्यक्रमकासाथ बीसीसी यूकेले मनायो तमु ल्होछार
सत्य बोल्ने साहस: नोबेल विजेता रिगोबर्टाको कथा
एकीकरण भयो राप्रपा र राप्रपा नेपाल
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
नेपालमा सवा ९ लाख मतदाता थपिए