
एन्त्रोपेन, बेल्जियम । गुरुङ समुदायको महान् चाड २६१०औँ तमु ल्होछार (सर्प वर्ग) विशेष कार्यक्रमका साथ बेल्जियमको एन्त्रोपेनमा सम्पन्न भएको छ ।
तमु समाज बेल्जियमको आयोजनामा ल्होसार कार्यक्रम भएको हो । कार्यक्रम समुद्घाटन बेनेलक्स र युरोपियन युनियनका लागि नेपाली राजदूत सेवा लम्सालले गर्नुभएको थियो । कार्यक्रममा मन्तव्य राख्नुहुँदै राजदूत लम्सालले प्रवासमा रहेर पनि नेपाली कला, संस्कृति र मौलिकता जगेर्ना गर्न तमु समाजले खेलेको भूमिकाको प्रशंसा गर्नुभयो ।

तमु समाज बेल्जियमका अध्यक्ष राम घलेको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई नन्दकुमारी तमुस्योले संयोजन गर्नुभएको थियो । उपाध्यक्ष अनिता घलेले स्वागत मन्तव्य राख्नुभयो भने औपचारिक कार्यक्रम सञ्चालन महासचिव यामकुमारी गुरुङ, रिचा गुरुङ र अन्तिम गुरुङले संयुक्त रूपमा सञ्चालन गर्नुभएको थियो ।
नेपालबाट आएका स्थापित गायक धनबहादुर गुरुङ साथै कमल गुरुङ र लाहुरे कान्छा, राजु तमु (नेदरल्यान्ड)लगायतले सयौं दर्शकलाई झुमाएका थिए । स्थानीय कलाकारहरू रेमन घले, गुराँस घले, गणेश घले र रचना गुरूङको प्रस्तुति निकै रहरलाग्दो रहेको सहभागीले बताए ।

ल्होछार समारोहमा बेल्जियमस्थित विभिन्न जातीय तथा सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो । जसमा विशिष्ट अतिथिको रूपमा नेफिन बेल्जियमकी अध्यक्ष प्रविना गुरुङ, मातृ संस्थाहरू तामाङ समाज बेल्जियम अध्यक्ष लालिंग तामाङ, मगर संघ बेल्जियमकी अध्यक्ष कल्पना मगर, किरात राई सोसाईटी बेल्जियम अध्यक्ष इन्दिरा चाम्लिङ, किरात याक्थुङम चुम्लुङ अध्यक्ष बदन योगहाङ, पासा पुछका अध्यक्ष सूर्य श्रेष्ठ, थकाली सेवा समितिका अध्यक्ष सरोज गौचन लगायतको विशेष उपस्थिति थियो ।
ल्होसार कार्यक्रममा एनआरएन बेल्जियमका निवर्तमान अध्यक्ष सिता सापकोटा, नेपाल पत्रकार महासंघ युरोप र बेल्जियम अध्यक्ष केजिन राई, ओम शर्मा, तमु समाज फ्रान्स अध्यक्ष तकदिर गुरूङ, लक्जेम्बर्ग, नेदरल्यान्ड, पोर्चुगललगायत देशबाटसमेत पाहुना उपस्थित थिए ।
नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते
फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत, चेक गणतन्त्र पराजित
दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युनलाई थप ३० वर्ष जेल सजाय
विश्वकप फुटबल २०२६ को उद्घाटन : मेक्सिकोको जित
बेलायतका रक्षामन्त्री जोन हेलीद्वारा राजीनामा
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
बेलायतवासी १७ नेपाली ‘लन्डन टु पेरिस’ साइकलयात्रामा
तमु धिं नेपालको १७ औं महाधिवेशन असोज ९ र १० गते
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता