
लन्डन । तमु धीं यूकेले भव्य रुपमा तमु ल्होछार मनाएको छ ।
अल्डरसटस्थित एम्पायर हलमा शनिबार ‘त ल्हो ल्होछार उत्सव-२०२५’ समारोह आयोजना गरिएको हो । तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङको अध्यक्षता र नेपाली राजदूतावास बेलायतका कार्यवाहक राजदूत विपिन दुवाडीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा विभिन्न व्यक्ति सम्मान, राफल ड्र खेलाइएको थियो । जीसीएसईमा उत्कृष्ट नतिजा ल्याउने नानीलाई डा.हर्क अवार्ड प्रदान र वर्षभरिमा आ-आफ्ना इकाईमा विभिन्न कार्यक्रममा विभिन्न माध्यमबाट अतुलनीय योगदान पुऱ्याएका प्रत्येक इकाईबाट एक महिला र एक पुरुषलाई कम्युनिटी अवार्ड प्रदान गरिएको थियो
बाक्लो उपस्थिति रहेको कार्यक्रममा गायिका सलोमी गुरुङ र गायक केशबहादुर गुरुङ विभिन्न सांगीतिक कोसेली प्रस्तुत गर्नुभएको थियो ।

राफल ड्रका लागि प्रथम पुरस्कार दिप ज्वेलरी अल्डरसटका प्रेम विश्वकर्मा दम्पतीले सुनको तिलहरी र दोस्रो पुरस्कार पेपर वर्क सोलुसन लिमिटेडका श्याम श्रेष्ठले सुनको चन्द्रमा प्रायोजन गरेका थिए । तेस्रो पुरस्कार भने रिटार्यड लेफ्टिनेन्ट कर्णेल काउन्सिलर बिल विदर्सले प्रायोजन गरेको तमु धीं यूकेले जनाएको छ ।
तमु वर्गचक्रअनुसार सर्प वर्गको बिदाइ र घोडा वर्गलाई स्वागत कार्यक्रम राखिएको हो । यस वर्षको ल्होछार कार्यक्रमको संयोजक तमु धीं यूकेका वरिष्ठ उपाध्यक्ष परशु गुरुङ हुनुहुन्थ्यो ।

सोसाइटी अफ नेप्लिज् इन्जिनियर्स इन यूकेको ११ औं वार्षिक सम्मेलन लन्डनमा सम्पन्न
नेपालको परराष्ट्र मन्त्रालयको १०० दिन : भूतपूर्व ब्रिटिस गोर्खाका मागबारे बेलायतका उच्च पदाधिकारीसँगको बैठकलगायत उपलब्धि
बेलायतको समकालीन साहित्य प्रतिष्ठानको आयोजनामा क्याम्ब्रिजमा नेपाली काव्य यात्रा सम्पन्न
हर्मुज सुरक्षित बनाउन सक्रिय बने फ्रान्स–बेलायत
नेपालमा बढे विदेशी पर्यटक, ६ महिनाको अवधिमा ६ लाख २० हजार ४५३ भित्रिए
बीसीसी यूकेद्वारा डर्डल डोरमा एकदिने भ्रमण, च्योद् साधना सम्पन्न
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
शिशुलाई जबरजस्ती स्वीकार गराइएको घटनामा बेलायतका प्रधानमन्त्रीद्वारा माफी
विदेशस्थित नेपाली नियोग र राहदानी विभागबाट प्रदान गरिने सेवा केही दिन बन्द हुन सक्ने
विश्व पर्या कविता प्रतियोगिता–२०२६ का लागि ३० डिसेम्बरसम्ममा रचना पठाउन आह्वान