
लन्डन । तमु धीं यूकेले भव्य रुपमा तमु ल्होछार मनाएको छ ।
अल्डरसटस्थित एम्पायर हलमा शनिबार ‘त ल्हो ल्होछार उत्सव-२०२५’ समारोह आयोजना गरिएको हो । तमु धीं यूकेका अध्यक्ष जुमकाजी गुरुङको अध्यक्षता र नेपाली राजदूतावास बेलायतका कार्यवाहक राजदूत विपिन दुवाडीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा विभिन्न व्यक्ति सम्मान, राफल ड्र खेलाइएको थियो । जीसीएसईमा उत्कृष्ट नतिजा ल्याउने नानीलाई डा.हर्क अवार्ड प्रदान र वर्षभरिमा आ-आफ्ना इकाईमा विभिन्न कार्यक्रममा विभिन्न माध्यमबाट अतुलनीय योगदान पुऱ्याएका प्रत्येक इकाईबाट एक महिला र एक पुरुषलाई कम्युनिटी अवार्ड प्रदान गरिएको थियो
बाक्लो उपस्थिति रहेको कार्यक्रममा गायिका सलोमी गुरुङ र गायक केशबहादुर गुरुङ विभिन्न सांगीतिक कोसेली प्रस्तुत गर्नुभएको थियो ।

राफल ड्रका लागि प्रथम पुरस्कार दिप ज्वेलरी अल्डरसटका प्रेम विश्वकर्मा दम्पतीले सुनको तिलहरी र दोस्रो पुरस्कार पेपर वर्क सोलुसन लिमिटेडका श्याम श्रेष्ठले सुनको चन्द्रमा प्रायोजन गरेका थिए । तेस्रो पुरस्कार भने रिटार्यड लेफ्टिनेन्ट कर्णेल काउन्सिलर बिल विदर्सले प्रायोजन गरेको तमु धीं यूकेले जनाएको छ ।
तमु वर्गचक्रअनुसार सर्प वर्गको बिदाइ र घोडा वर्गलाई स्वागत कार्यक्रम राखिएको हो । यस वर्षको ल्होछार कार्यक्रमको संयोजक तमु धीं यूकेका वरिष्ठ उपाध्यक्ष परशु गुरुङ हुनुहुन्थ्यो ।

तमु धीं यूकेले भव्य रुपमा मनायो ल्होछार
इराकमा कार्यरत नेपालीलाई अभिलेखीकरणमा ल्याउने नेपाल सरकारको निर्णय अत्यन्त स्वागतयोग्य : एनआरएनए
रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
बेलायतको प्लमस्टिडमा मोहन गुरुङको टिमद्वारा ‘एसियन ओरिएन्टल सुपरमार्ट’ सञ्चालन
अमेरिकामा भएको नेपाली गायन र नृत्य प्रतियोगितामा आर्या र खुसी विजयी
बेलायतमा ईलमपोखरी समाज यूकेले भव्य रुपमा मनायो ‘त ल्हो’ल्होछार
नेपाली दूतावास लन्डनमा पहिलो पटक ध्यान शिविर आयोजना, करिब ४० जना सहभागी
आइसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट:खेल तालिका सार्वजनिक