
लन्डन । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बेलायती समकक्षी किर स्टार्मरलाई भारतमा स्वागत गर्दै दुई देशबीचको सम्बन्धमा ‘उल्लेखनीय प्रगति’ भएको बताउनुभएको छ । उहाँहरूले द्विपक्षीय व्यापार र आर्थिक अवसरहरूलाई ‘अतुलनीय’ रूपमा बढाउने वाचा गर्नुभएको छ ।
जुलाईमा लन्डनमा हस्ताक्षर भएको व्यापार सम्झौतापछि १२५ सदस्यीय प्रतिनिधिमण्डलसहित स्टार्मर पहिलो पटक भारत भ्रमणमा आउनुभएको हो ।
सम्झौताअनुसार भारतले बेलायती ह्विस्की, कस्मेटिक्स र मेडिकल उपकरण आयातमा कर कटौती गर्नेछ भने बेलायतले भारतबाट फ्रोजन झिँगेमाछा, कपडा, जुत्ता र खाद्य उत्पादनमा शुल्क घटाउनेछ ।
प्रधानमन्त्री मोदीले यस सम्झौताले आयात लागत घटाउने, युवाहरूका लागि नयाँ रोजगारी सिर्जना गर्ने र व्यापार प्रवद्र्धन गर्ने बताउनुभयो । उहाँले स्टार्मरलाई उहाँको भ्रमणले सम्बन्धमा ‘नयाँ ऊर्जाको प्रतीक’ भएको भन्दै, दुवै देशका जनताका लागि उज्ज्वल भविष्य निर्माण गर्ने विश्वास व्यक्त गर्नुभयो ।
भारत र बेलायतको वार्षिक द्विपक्षीय व्यापार करिब ५४ अर्ब ८० करोड डलरको छ र दुवै देशमा छ लाखभन्दा बढी रोजगारीमा योगदान उपलब्ध गराउँछ ।
अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) को तथ्याङ्कअनुसार सन् २०२२ मा भारत विश्वको पाँचौँ ठूलो अर्थतन्त्र बनेको थियो र यो वर्षको अन्त्यसम्म जापानलाई उछिनेर चौथो ठूलो अर्थतन्त्र बन्ने अनुमान गरिएको छ ।
स्टार्मरले भारतको तीव्र विकास र सम्भावनालाई विशेष महत्त्व दिँदै भन्नुभयो, “म यहाँ आएदेखि देखेको सबै कुरा प्रमाण हो कि तपाईं सफलताको बाटोमा हुनुहुन्छ । त्यसैले हामी त्यो यात्रामा साझेदार बन्न चाहन्छौँ ।”
भ्रमणका क्रममा दुई नेताले रक्षा सहयोग सम्झौता पनि घोषणा गर्नुभयो र भारतमा क्याम्पस खोल्ने नौवटा ब्रिटिश विश्वविद्यालयलाई समर्थन गर्दै शैक्षिक सम्बन्धलाई प्रवद्र्धन गर्ने योजनामा सहमति जनाउनुभयो ।
जर्मनीमा दोस्रो ‘नेपाली रूट्स समिट २०२६’ सम्पन्न
अनेसासको नयाँ नेतृत्वका लागि लालगोपाल सुवेदी र सुरेन उप्रेतीबीच प्रतिस्पर्धा [उम्मेदवारहरुको सूची]
सोसाइटी अफ नेप्लिज् इन्जिनियर्स इन यूकेको ११ औं वार्षिक सम्मेलन लन्डनमा सम्पन्न
नेपालको परराष्ट्र मन्त्रालयको १०० दिन : भूतपूर्व ब्रिटिस गोर्खाका मागबारे बेलायतका उच्च पदाधिकारीसँगको बैठकलगायत उपलब्धि
बेलायतको समकालीन साहित्य प्रतिष्ठानको आयोजनामा क्याम्ब्रिजमा नेपाली काव्य यात्रा सम्पन्न
बीसीसी यूकेद्वारा डर्डल डोरमा एकदिने भ्रमण, च्योद् साधना सम्पन्न
विदेशस्थित नेपाली नियोग र राहदानी विभागबाट प्रदान गरिने सेवा केही दिन बन्द हुन सक्ने
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
शिशुलाई जबरजस्ती स्वीकार गराइएको घटनामा बेलायतका प्रधानमन्त्रीद्वारा माफी
नेपालमा वालेन्द्र शाह नेतृत्वको सरकारको १०० दिन : के के भए उपलब्धि ?