
लन्डन । प्रतिमा बाडेको पार्थिव शरीर नेपाल पठाउनका लागि गैर
आवासीय नेपाली संघ (एनआरएनए) यूकेले आर्थिक सहयोग प्रदान गरेको छ ।
कार्यसमितिको हालैको बैठकले स्वर्गीय बाडेको भौतिक शरीरलाई नेपाल लैजान
आर्थिक सहयोगको लागि अनुरोधपछि एनआरएनए यूकेले कार्यसमिति भित्रैबाट
आर्थिक संकलन गरि सहयोग गरेको हो । उनको हालै बेलायतमा निधन भएको थियो ।
एनआरएनए यूकेले १ हजार एक सय चौध पाउन्ड (१११४) रकम स्व. प्रतिमा बडेका
श्रीमान उकेश श्रेष्ठको बैंक खातामा हस्तान्तरण गरेको संघका अध्यक्ष
राजेन्द्र पुडासैनीले जानकारी दिए ।
एनआरएनए यूके बेलायतस्थित नेपाली समुदायको सुख र दु:खमा सँगै रहको जनाउँदै
अध्यक्ष पुडासैनीले आगामी दिनमा आपतकालिन राहत कोष स्थापनाका लागि
समुदायमा जाने तयारी भैरहेको पनि बताए ।
यसैबीच स्वर्गीय प्रतिमा बाडेका श्रीमान् उकेश श्रेष्ठले उक्त रकम आफ्नो
खातामा जम्मा भै सकेको जनाउँदै दु:खको यो घडीमा गरेको मानवीय सहयोगका
लागि एनआरएनए यूकेप्रति आभार व्यक्त गरेका छन् ।
प्राकृतिक जलवायु प्रणाली ‘एल निनो’ तीव्र बन्दै, चरम मौसमको जोखिम बढ्ने
हत्या प्रकरणमा एमाले पूर्वसांसद लक्ष्मी महतो कोइरी पक्राउ
फिफा विश्वकप :पोर्चुगल विश्वकपको अन्तिम १६ मा
शिशुलाई जबरजस्ती स्वीकार गराइएको घटनामा बेलायतका प्रधानमन्त्रीद्वारा माफी
बेलायतमा ‘फस्ट तामाङ फेस्टिभल लन्डन २०२६’ हुँदै, नेपालबाट चर्चित कलाकार आउने
बेलायतमा ग्रीष्मकालीन मुक्तक सन्ध्या कार्यक्रम भव्य रुपमा सम्पन्न
अभिव्यक्ति श्रृंखलामा स्रष्टा चिम्खोले काइँलाले सुनाए सृजना
बेलायतको प्रधानमन्त्रीको प्रतिक्षारत उम्मेदवारद्वारा आर्थिक एजेन्डा सार्वजनिक हुँदै
बीसीसी यूकेद्वारा डर्डल डोरमा एकदिने भ्रमण, च्योद् साधना सम्पन्न
राष्ट्रिय स्वतन्त्र पार्टीको उपसभापतिमा सोविता गौतम, महामन्त्रीमा विपिनकुमार आचार्य निर्वाचित