लन्डन । प्रतिमा बाडेको पार्थिव शरीर नेपाल पठाउनका लागि गैर
आवासीय नेपाली संघ (एनआरएनए) यूकेले आर्थिक सहयोग प्रदान गरेको छ ।
कार्यसमितिको हालैको बैठकले स्वर्गीय बाडेको भौतिक शरीरलाई नेपाल लैजान
आर्थिक सहयोगको लागि अनुरोधपछि एनआरएनए यूकेले कार्यसमिति भित्रैबाट
आर्थिक संकलन गरि सहयोग गरेको हो । उनको हालै बेलायतमा निधन भएको थियो ।
एनआरएनए यूकेले १ हजार एक सय चौध पाउन्ड (१११४) रकम स्व. प्रतिमा बडेका
श्रीमान उकेश श्रेष्ठको बैंक खातामा हस्तान्तरण गरेको संघका अध्यक्ष
राजेन्द्र पुडासैनीले जानकारी दिए ।
एनआरएनए यूके बेलायतस्थित नेपाली समुदायको सुख र दु:खमा सँगै रहको जनाउँदै
अध्यक्ष पुडासैनीले आगामी दिनमा आपतकालिन राहत कोष स्थापनाका लागि
समुदायमा जाने तयारी भैरहेको पनि बताए ।
यसैबीच स्वर्गीय प्रतिमा बाडेका श्रीमान् उकेश श्रेष्ठले उक्त रकम आफ्नो
खातामा जम्मा भै सकेको जनाउँदै दु:खको यो घडीमा गरेको मानवीय सहयोगका
लागि एनआरएनए यूकेप्रति आभार व्यक्त गरेका छन् ।