
लन्डन । पाँचथर समाज सेवा यूकेको नवौं महाधिवेशन अध्यक्षमा नगेन्द्रराज नेम्बाङ सर्वसम्मत चयन हुनुभएको छ ।
अल्डरसटस्थित सुसी मोटो रेष्टुरेन्टमा आइतबार २८ सेप्टेम्बरमा भएको संस्थाको महाधिवेशनले नेम्बाङको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको निर्वाचन समितिले घोषणा गरेको हो । नवनिर्वाचित अध्यक्ष नेम्बाङले यसअघि दुई कार्यकाल वरिष्ठ उपाध्यक्ष र एक कार्यकाल कोषाध्यक्षको जिम्मेवारी सम्हाल्नुभएको थियो । उहाँ एभरेस्ट टाइम्स डट नेटका प्रबन्ध निर्देशक समेत हुनुहुन्छ ।
ब्रिटिस सैनिक सेवाबाट अवकाशपछि उहाँ ड्राइभिङ प्रशिक्षक र मनोक्रान्तिको क्षेत्रमा सक्रिय हुँदै आउनुभएको छ । हाल नेम्बाङ मामा ड्राइभिङ इन्स्टिच्युटका प्रोपाइटर र मनोक्रान्ति टिम यूकेका टिम लिडर रहनुभएको छ ।
नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा लिला सेलिङ माबो, उपाध्यक्षमा लाहाङ चेम्जोङ, खुशी लिम्बु, गेहेन्द्रराज थाम्सुहाङ, दीपा योङ्ग्या लिम्बु र महासचिवमा पारु राई, सचिव एवं फुटबल कोअर्डिनेटर प्रताप तामाङ, सहसचिव राजन सेलिङ, कोषाध्यक्षमा शिखर लिम्बु, सहकोषाध्यक्ष अर्जुन सेलिङ सर्वसम्मत चयन हुनुभएको छ ।
सदस्यहरुमा रस्मी केरुङ योङ्या, राजन राई,देउमान लावती,धन नेम्बाङ,मनकुमार चेम्जोङ , श्रीप्रसाद माबो, शुभ नेम्बाङ र कालु सिङ थाम्सुहाङ चुनिनु भएको छ ।
नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका अध्यक्ष नरप्रसाद थाम्सुहाङले आइतबार नै पद तथा गोपनियताको शपथग्रहण गराउनुभएको थियो । निर्वाचन समिति सचिवमा छबि सेलिङ र धन काम्बाङ सदस्य रहनुभएको थियो ।
नवनिर्वाचित अध्यक्ष नगेन्द्रराज नेम्बाङले समाजको वार्षिक कार्यक्रमहरुलाई निरन्तरता दिँदै संस्थालाई नयाँ हिसाबले परिवर्तन गर्ने प्रतिबद्धता जनाउनुभयो । २०६३ सालमा स्थापित पाँचथर समाज सेवा यूकेले वार्षिक रुपमा पाँचथर कप, वार्षिक भेला र च्यारिटी कार्यक्रम सञ्चालन गर्ने गरेको छ ।
उहाँले शान्ति लिम्बु नेतृत्वको निवर्तमान कार्यसमिति र निर्वाचन समितिलाई धन्यवाद दिनुभयो । दुई वर्षे कार्यकालका लागि निर्वाचित अध्यक्ष नेम्बाङले आफ्नो कार्यसमितिका काम र योजनालाई साथ र सहयोग गर्न पनि आग्रह गर्नुभयो ।

नवनिर्वाचित अध्यक्ष नगेन्द्रराज नेम्बाङ र निवर्तमान अध्यक्ष शान्ति लिम्बु
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
कङ्गोमा इबोला प्रकोपः दर्जनौंको मृत्यु, विश्व स्वास्थ्य सङ्गठनद्वारा आपतकाल घोषणा
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा