लण्डन । पूर्व गोर्खा सैनिक, कीर्तिमानी पर्वतारोही र अपाङ्गता अभियानकर्मी हरिबहादुर बुढामगरलाई बेलायतको प्रतिष्ठित एक विश्वविद्यालयले मानार्थ विद्यावारिधि प्रदान गरेको छ ।
बुढामगरलाई अपाङ्गताका बारेमा समाजमा चेतना जगाउन, पर्वतारोहणमा कीर्तिमान कायम गरेको र अपाङ्गता भएका खेलाडीको रूपमा उनको उपलब्धिको कदर गर्दै बेलायतको क्यान्टबरी क्राइष्ट चर्च विश्वविद्यालयले मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको विश्वविद्यालयले जनाएको छ।
बुढामगरलाई गत मंगलबार क्यान्टरी कथेड्रलमा आयोजित दीक्षान्त समारोहमा सो उपाधि प्रदान गरिएको हो ।
रोल्पामा जन्मिएका बुढामगर १९ वर्षको उमेरमा बेलायती सेनामा भर्ती भएका थिए । उनले बेलायती सेनामा १५ वर्ष सेवा गरे । सेवाकै क्रममा अफगानिस्तानमा खटिएको बेला सन् २०१० विष्फोटक पदार्थमाथि टेक्न पुग्दा उनले दुवै खुट्टा घुँडाभन्दा माथि गुमाएका थिए ।
त्यसपछि बुढामगरले आफ्नो जीवनलाई अपाङ्गताका बारेमा चेतना जगाई जीवनमा सकारात्मक रूपमा परिवर्तन ल्याउन समर्पित गरेका छन् ।
हाल बेलायतको क्यान्टबरीका बासिन्दा बुढामगर अपाङ्गता भएका मानिसहरूले पनि गर्न सक्छन् भन्ने देखाउन प्रतिवद्ध छन् । उनले सन् २०१७ मा मेरा पिक, बेलायतको सबैभन्दा अग्लो बेन नेभिस, माउन्ट टौबकल, र चुलु फार इस्टको आरोहण गरिसकेका छन् ।
सम्मानपछि बुढामगरले प्राज्ञिक अध्ययनका साथै मानिसले जीवनमा भोगेको भोगाइको पनि महत्व हुँदोरहेछ भन्ने आफूलाई महसुस भएको बताए ।
गोठमा जन्मेको, खाली खुट्टा स्कुल गएको, काठको पाटीमा खरीढुंगाले अक्षर लेख्न सिकेको, स्कुलमा धेरैपटक फेल भएको र कहिल्यै विश्वविद्यालय नदेखेको केटोले अहिले मानार्थ विद्यावारिधि पाउनु अवास्तविक जस्तो लागिरहेको उनले बताए ।
दीक्षान्त समारोहमा दीक्षित हजारौँ विद्यार्थीहरूलाई सम्बोधन गर्दै उनले आफ्नो कथाबाट जीवनमा हाँक स्वीकार गर्न, हार नमान्न र जीवनले जस्तोसुकै मोड लिए पनि आफ्नो सपना पछ्याउन प्रेरित गर्ने विश्वास व्यक्त गरे ।
बुढामगरसँगै विभिन्न पेशा, व्यवसाय र कर्मबाट समाजमा उल्लेख्य योगदान दिनुहुने अरू तीन जनालाई पनि मानार्थ विद्यावारिधिले सम्मान गरिएको छ ।
यसअघि अर्का कीर्तिमानी पर्वतारोही निर्मल पुर्जालाई पनि बेलायतको लोफ्बोरो विश्वविद्यालयले मानार्थ विद्यावारिधि प्रदान गरेको थियो ।
पूर्व गोर्खा सैनिक हरि बुढामगरलाई बेलायतमा मानार्थ विद्यावारिधि

नेपाल सरकार मन्त्रिपरिषद्द्वारा जेनजी आन्दोलनका मृतक ४५ जनालाई सहिद घोषणा [नामावलीसहित]
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
नेपालका राष्ट्रपति पौडेल कतारतर्फ प्रस्थान
बेलायतसहित देशका नेपाली राजदूत फिर्ता बेलाउने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
नेपाल बाहिर रहेका नेपालीलाई मतदान अधिकार प्रदान गर्ने विषयमा छलफल
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतमा सवारी दुर्घटनामा नेपाली युवक मारेको अभियोगमा चर्चित र्यापर पक्राउ
श्रेष्ठ नेतृत्वको एनआरएनएले पुनर्निर्माण गरेको उपत्यका ट्राफिक प्रहरी ‘कन्ट्रोल रुम’ हस्तान्तरण
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य