
लन्डन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेलायत च्याप्टरद्वारा प्रदान गरिने ‘सुपमा–ईएमए अन्तर्राष्ट्रिय पुरस्कार–२०२५’ यस वर्ष डा. श्रीधर खनालको ‘सावर्णि’ उपन्यासलाई प्रदान गरिने भएको छ।
अनेसासद्वारा मंगलबार प्रकाशित प्रेस विज्ञप्ति अनुसार, ३१ जुलाईमा सार्वजनिक गरिएको उत्कृष्ट १० पुस्तकहरूमध्ये खनालको ‘सावर्णि’ उपन्यासलाई निर्णायक समितिको सर्वसम्मत निर्णयबाट विजेता घोषित गरिएको हो । पुरस्कारको राशि ५ सय पाउण्ड रहेको छ। वि.स २०८१ सालमा एआई र रोबोटिक्समा आधारित उपन्यास ‘सावर्णि’ सार्वजनिक भएको थियो।
संयोजक श्रेष्ठका अनुसार सुप्रमा–ईप्रमा अन्तर्राष्ट्रिय पुरस्कारले नेपाली साहित्यमा उल्लेखनीय योगदान गर्ने साहित्यकारलाई सम्मान गर्दै आएको छ।
पेशाले बालरोग विशेषज्ञ डा. खनाल अस्तित्व फाउन्डेसनका संस्थापकसमेत हुनुहुन्छ । फाउन्डेसनले क्यान्सर जस्ता घातक रोग लागेका बालबालिकाको उपचारमा सहयोग गर्दै आएको छ । ‘सावर्णि’बाट प्राप्त रोयल्टीको केही प्रतिशत रकम डा. खनालले यही फाउन्डेसनमार्फत समाज सेवामा लगाउँदै आएको छ। पुस्तकलाई बुकहिलले बजारमा ल्याएको थियो ।
पुरस्कार यही अगस्ट ९ तारिख लन्डनमा आयोजना गरिने भानु तथा ईश्वर जयन्ती कार्यक्रमका अवसरमा पुरस्कृत गरिने जानकारी पुरस्कार समितिका संयोजक श्रेष्ठले दिनुभएको छ ।

लन्डनमा एम्बुलेन्समा आगजनी, छानबिन गर्ने बेलायती प्रहरीको भनाइ
नेपाली कांग्रेसको १५औँ महाधिवेशन भदौ आगामी २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
कोलम्बियामा एक सय २८ जना सवार सैन्य विमान दुर्घटना : कम्तीमा ६६ को मृत्यु
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
नेपाली मूलका विदेशी नागरिक र एनआरएनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा छुट्टै डेस्क
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
नेपाली कांग्रेस सभापति थापाद्वारा राजीनामा
अन्तर्राष्ट्रिय शान्ति कायम गर्ने जिम्मेवारी चीन र बेलायतको : चिनियाँ विदेशमन्त्री