
ललितपुर । गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले सर्वोच्च अदालतको परमादेशअनुसार मे ३–४, २०२५ मा एकताको महाधिवेशन सम्पन्न गराई नवनिर्वाचित कार्यसमिति (आईसीसी)लाई नगद तथा जिन्सी सम्पत्ति हस्तान्तरण गरेको छ ।
ललितपुरको होटेल हिमालयमा शुक्रबार अगस्ट २९ मा भौतिक र भर्चुअल माध्यमबाट आयोजित कार्यक्रममा उच्चस्तरीय समितिले महेशकुमार श्रेष्ठ नेतृत्वको कार्यसमितिलाई नगद र जिन्सी हस्तान्तरण गरेको एनआरएनएका प्रवक्ता गंगाधर गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार महाधिवेशनपछि बचत भएको ८३,६२,२२८ (त्रियासी लाख बैसट्ठी हजार दुई सय अठ्ठाईस रुपैयाँ) र अन्य जिन्सी सम्पत्तिहरू नयाँ कार्यसमितिलाई हस्तान्तरण गरिएको छ ।
संस्थाको आर्थिक पारदर्शिता र सुशासनको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको भन्दै यस कार्यका लागि उच्चस्तरीय समितिका संयोजक डा शेष घलेलगायत समितिका सम्पूर्ण सदस्यहरुप्रति अध्यक्ष महेशकुमार श्रेष्ठको टिमले विशेष आभार व्यक्त गरेको छ ।
नयाँ कार्यसमिति गैरआवासीय नेपाली (एनआरएन) नागरिकताको पूर्ण कार्यान्वयन, श्रमिक अधिकारको प्रत्याभूति, लगानी प्रवर्द्धन र आपत्कालीन अवस्थामा सहयोग पुर्याउने अभियानमा केन्द्रित रहने प्रतिबद्धतासमेत प्रवक्ता गौतमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपालको काभ्रेपलाञ्चोकमा बस दुर्घटना, कम्तीमा ८ जनाको मृत्यु, १६ घाइते
फिफा विश्वकप : दक्षिण कोरियाको विजयी सुरुआत, चेक गणतन्त्र पराजित
दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युनलाई थप ३० वर्ष जेल सजाय
विश्वकप फुटबल २०२६ को उद्घाटन : मेक्सिकोको जित
बेलायतका रक्षामन्त्री जोन हेलीद्वारा राजीनामा
वेल्स राज्यमा नेपाली समुदायसँग नेपाल पत्रकार महासंघ बेलायतको अन्तरक्रिया, कसले के भने ?
बेलायतवासी १७ नेपाली ‘लन्डन टु पेरिस’ साइकलयात्रामा
तमु धिं नेपालको १७ औं महाधिवेशन असोज ९ र १० गते
भूपू ब्रिटिश गोर्खाको मुद्दामा लन्डन दूतावासमा उच्चस्तरीय वार्ता
भूपू गोर्खा मुद्दाबारे बेलायत र नेपालका मन्त्रीको उपस्थितिमा आज लन्डनमा वार्ता