
ललितपुर । गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिले सर्वोच्च अदालतको परमादेशअनुसार मे ३–४, २०२५ मा एकताको महाधिवेशन सम्पन्न गराई नवनिर्वाचित कार्यसमिति (आईसीसी)लाई नगद तथा जिन्सी सम्पत्ति हस्तान्तरण गरेको छ ।
ललितपुरको होटेल हिमालयमा शुक्रबार अगस्ट २९ मा भौतिक र भर्चुअल माध्यमबाट आयोजित कार्यक्रममा उच्चस्तरीय समितिले महेशकुमार श्रेष्ठ नेतृत्वको कार्यसमितिलाई नगद र जिन्सी हस्तान्तरण गरेको एनआरएनएका प्रवक्ता गंगाधर गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार महाधिवेशनपछि बचत भएको ८३,६२,२२८ (त्रियासी लाख बैसट्ठी हजार दुई सय अठ्ठाईस रुपैयाँ) र अन्य जिन्सी सम्पत्तिहरू नयाँ कार्यसमितिलाई हस्तान्तरण गरिएको छ ।
संस्थाको आर्थिक पारदर्शिता र सुशासनको उत्कृष्ट उदाहरण प्रस्तुत गरेको भन्दै यस कार्यका लागि उच्चस्तरीय समितिका संयोजक डा शेष घलेलगायत समितिका सम्पूर्ण सदस्यहरुप्रति अध्यक्ष महेशकुमार श्रेष्ठको टिमले विशेष आभार व्यक्त गरेको छ ।
नयाँ कार्यसमिति गैरआवासीय नेपाली (एनआरएन) नागरिकताको पूर्ण कार्यान्वयन, श्रमिक अधिकारको प्रत्याभूति, लगानी प्रवर्द्धन र आपत्कालीन अवस्थामा सहयोग पुर्याउने अभियानमा केन्द्रित रहने प्रतिबद्धतासमेत प्रवक्ता गौतमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
मधेस प्रदेशका मुख्यमन्त्री पदमा कृष्णप्रसाद यादव नियुक्त
नेपाली चलचित्रमा दर्शकको आकर्षण बढ्दो
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
बेलायतमा नेपाली पण्डितलाई बालयौन दुराचारको अभियोगमा २५ वर्ष जेल
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
एनआरएनएका श्रेष्ठ र केसी समूहबीच बृहत् एकता, ६ महिनाभित्र महाधिवेशन गरिने
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता