
लन्डन । साउथ इष्ट रिजनल तमुधिं लन्डनमा नयाँ कार्यसमिति चयन भएको छ । प्लमस्टिडमा शनिबार भएको २३ औं वार्षिक साधरणसभा तथा १० औं अधिवेशनले समाजसेवी शिवराम गुरुङ (बीईएम)को अध्यक्ष रहेको नयाँ कार्यसमिति चयन गरेको हो । उहाँ यसअघि उपाध्यक्ष हुनुहुन्थ्यो ।
उपाध्यक्षहरुमा मिना गुरुङ र याम गुरुङ, सचिव कमल गुरुङ, सहसचिव सुशील गुरुङ, कोषाध्यक्षमा दिक्पाल गुरुङ, सहकोषाध्यक्ष दिता गुरुङ चयन हुनुभएको छ ।
त्यसैगरी, सदस्यहरुमा पानबहादुर गुरुङ, नन्दराज गुरुङ, प्रेमबहादुर गुरुङ, याम गुरुङ (पुष्पा), सर्जु गुरुङ, खड्कबहादुर गुरुङ, मनिता घले, टिक शुभ गुरुङ, रुपमाया गुरुङ, रन्जु घोताने, चिज गुरुङ, भिमकुमारी गुरुङ, लक्ष्मी गुरुङ र सविता गुरुङ चयन भएको हुनुभएको छ । निर्वाचन प्रमुख आयुक्त योगेश गुरुङले जानकारी दिनुभयो ।
नवनिर्वाचित कार्यसमितिको नाम घोषणा गरेका थिए भने सदस्यसचिव एवं पूर्वअध्यक्ष हरिगोविन्द गुरुङले कार्यसमितिलाई शपथ खुवाउनुभएको थियो ।
निर्वाचन समितिमा योगेश गुरुङ प्रमुख निर्वाचन आयुक्त, पूर्वअध्यक्ष हरि गोविन्द गुरुङ सचिव र सल्लाहकार जगदीश गुरुङ सदस्य हुनुहुन्थ्यो ।
नयाँ कार्यसमिति चयनअघि प्रेमकुमार गुरुङको सभापतित्वमा भएको वार्षिक साधारणसभाले आर्थिक र वार्षिक प्रतिवेदन पारित गरेको थियो ।
सचिव कमल गुरुङले कार्यक्रम सञ्चालन गर्दै आफ्नो प्रतिवेदन पेस गर्नुभएको थियो । पूर्वअध्यक्षहरुले शुभकामना मन्तव्य राख्नुभएको थियो । कोषाध्यक्ष सुवास गुरुङले आफ्नो वार्षिक प्रतिवेदन पेस गरी अनुमोदन गराउनुभएको थियो । संस्थाको विधान संशोधन प्रस्ताव सुमलकुमार गुरुङले राख्नुभएको थियो ।
नेपाल युके रनको पहलमा भ्यालेन्सिया म्याराथनमा सहभागी सन्तोषी श्रेष्ठको राष्ट्रिय कीर्तिमान
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
नागरिकता र मताधिकारबारे गृहमन्त्री अर्याललाई सीएनसीबीजी युके र भूपूसैकस नेपालको ज्ञापनपत्र
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
बेलायतमा नेपाली पण्डितलाई बालयौन दुराचारको अभियोगमा २५ वर्ष जेल
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
इन्डोनेशियामा बाढी र पहिरोबाट मृत्यु हुने सङ्ख्या ५०२ पुग्यो, ५०८ जना अझै बेपत्ता
नोभेम्बरमा बेलायतबाट नेपाल गए ७ हजार १८९ पर्यटक