
लन्डन । साउथ इष्ट रिजनल तमुधिं लन्डनमा नयाँ कार्यसमिति चयन भएको छ । प्लमस्टिडमा शनिबार भएको २३ औं वार्षिक साधरणसभा तथा १० औं अधिवेशनले समाजसेवी शिवराम गुरुङ (बीईएम)को अध्यक्ष रहेको नयाँ कार्यसमिति चयन गरेको हो । उहाँ यसअघि उपाध्यक्ष हुनुहुन्थ्यो ।
उपाध्यक्षहरुमा मिना गुरुङ र याम गुरुङ, सचिव कमल गुरुङ, सहसचिव सुशील गुरुङ, कोषाध्यक्षमा दिक्पाल गुरुङ, सहकोषाध्यक्ष दिता गुरुङ चयन हुनुभएको छ ।
त्यसैगरी, सदस्यहरुमा पानबहादुर गुरुङ, नन्दराज गुरुङ, प्रेमबहादुर गुरुङ, याम गुरुङ (पुष्पा), सर्जु गुरुङ, खड्कबहादुर गुरुङ, मनिता घले, टिक शुभ गुरुङ, रुपमाया गुरुङ, रन्जु घोताने, चिज गुरुङ, भिमकुमारी गुरुङ, लक्ष्मी गुरुङ र सविता गुरुङ चयन भएको हुनुभएको छ । निर्वाचन प्रमुख आयुक्त योगेश गुरुङले जानकारी दिनुभयो ।
नवनिर्वाचित कार्यसमितिको नाम घोषणा गरेका थिए भने सदस्यसचिव एवं पूर्वअध्यक्ष हरिगोविन्द गुरुङले कार्यसमितिलाई शपथ खुवाउनुभएको थियो ।
निर्वाचन समितिमा योगेश गुरुङ प्रमुख निर्वाचन आयुक्त, पूर्वअध्यक्ष हरि गोविन्द गुरुङ सचिव र सल्लाहकार जगदीश गुरुङ सदस्य हुनुहुन्थ्यो ।
नयाँ कार्यसमिति चयनअघि प्रेमकुमार गुरुङको सभापतित्वमा भएको वार्षिक साधारणसभाले आर्थिक र वार्षिक प्रतिवेदन पारित गरेको थियो ।
सचिव कमल गुरुङले कार्यक्रम सञ्चालन गर्दै आफ्नो प्रतिवेदन पेस गर्नुभएको थियो । पूर्वअध्यक्षहरुले शुभकामना मन्तव्य राख्नुभएको थियो । कोषाध्यक्ष सुवास गुरुङले आफ्नो वार्षिक प्रतिवेदन पेस गरी अनुमोदन गराउनुभएको थियो । संस्थाको विधान संशोधन प्रस्ताव सुमलकुमार गुरुङले राख्नुभएको थियो ।
यस्ता छन् एनआरएनएको नयाँ कार्यसमितिको पहिलो बैठकका निर्णयहरु
एनआरएनए आईसीसीको नयाँ कार्यसमितिमा बेलायतबाट अध्यक्ष र प्रवक्तासहित १० जना निर्वाचित
द्वन्द्वका कारण विस्थापन र भोकमरी दुबै बढ्दै : संयुक्त राष्ट्र
नेपाल पत्रकार महासंघ यूकेले आगामी १० जुलाईमा स्थापना दिवस मनाउने
एनआरएनए प्रवक्ताको जिम्मेवारी सोम सापकोटालाई
भूतपूर्व गोर्खा समस्याबारे लन्डनमा सोमबार फेरि त्रिपक्षीय वार्ता हुने
एनआरएनएको नयाँ नेतृत्वका लागि डा. शर्मा, बज्राचार्य र शेरचनको उम्मेदवारी [सूची]
युद्ध अन्त्यका लागि इरानका तीन शर्त
बेलायती मन्त्री सीमा मल्होत्रासँग नेपाली कार्यवाहक राजदूत विपिन दुवाडीको भेटवार्ता
नेपाल आदिवासी जनजाति महासंघको ११औँ महाधिवेशन चैत ५ र ६ मा हुने