
काठमाडौँ । भारत-पाकिस्तानबीचको तनावले नेपाल सरकार चिन्तित रहेको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ ।
दुई देशबीच द्वन्द्व चर्किइरहँदा बिहीबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै आफ्नो धारणा सार्वजनिक गरेको हो । मन्त्रालयले नेपाल सबै प्रकारका आतंकवादविरुद्ध उभिने जनाएको छ ।
परराष्ट्र मन्त्रालयले विज्ञप्तिमा भनेको छ, ‘उक्त दु:खद घटनामा नेपाल र भारत एकठाउँमा उभिएका थिए ।’ साथै परराष्ट्र मन्त्रालयले उक्त ‘आततायी आतंकवादी आक्रमण’ को तत्कालै आलोचना गरेको पनि जनाएको छ । साथै नेपालले आफ्नो भूमिबाट छिमेकी मुलुकविरुद्ध हुने कुनै पनि प्रकारका अवाञ्छनीय गतिविधि हुन नदिने जनाएको छ । त्यस्तै नेपालले दुई देशबीचको द्वन्द्व कम हुने आशा राख्दै यस क्षेत्रमा स्थिरता र शान्ति स्थापना हुने बताएको छ ।
पहलगाममा अप्रिल २२ मा भएको आतंकवादी आक्रमणपछि बढेको दुईदेशबीच तनाव बढिरहेको छ । पहलगाममा घटनामा १ जना नेपालीसहित २६ जनाको मृत्यु भएको थियो ।

पूर्वगृहमन्त्री सुधन गुरुङका सम्बन्धमा छानबिन गर्न समिति गठन
तीन दिने वज्रसत्व महासाधनाका लागि लन्डन आइपुगे धर्मगुरु लुङ्गरिक रिन्पोछे
ट्रम्प–सीबीच बेइजिङमा वार्ता
सगरमाथा आरोहण मार्ग खुला
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
पूर्वमन्त्री सुदन किराती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश
नेपाल सरकारले हटायो विदेशस्थित १५ जना अवैतनिक दूत [यस्ता छन्, मन्त्रिपरिषद्को निर्णय]
बेलायतमा उत्तर गुरुङ, जीवनारायण बेल्वासे र प्रतिक्षा गुरुङ काउन्सिलर निर्वाचित
बेलायतमा स्थानीय निर्वाचन : सत्तारुढ दल लेबरलाई झड्का, नेपालीमुलका उम्मेदवार को को भए निर्वाचित ?
डुङ्गाको सहारामा बेलायत प्रवेश गर्ने आप्रवासीहरूको सङ्ख्या दुईलाखभन्दा बढी : तथ्यांक