
काठमाडौँ । भारत-पाकिस्तानबीचको तनावले नेपाल सरकार चिन्तित रहेको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ ।
दुई देशबीच द्वन्द्व चर्किइरहँदा बिहीबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै आफ्नो धारणा सार्वजनिक गरेको हो । मन्त्रालयले नेपाल सबै प्रकारका आतंकवादविरुद्ध उभिने जनाएको छ ।
परराष्ट्र मन्त्रालयले विज्ञप्तिमा भनेको छ, ‘उक्त दु:खद घटनामा नेपाल र भारत एकठाउँमा उभिएका थिए ।’ साथै परराष्ट्र मन्त्रालयले उक्त ‘आततायी आतंकवादी आक्रमण’ को तत्कालै आलोचना गरेको पनि जनाएको छ । साथै नेपालले आफ्नो भूमिबाट छिमेकी मुलुकविरुद्ध हुने कुनै पनि प्रकारका अवाञ्छनीय गतिविधि हुन नदिने जनाएको छ । त्यस्तै नेपालले दुई देशबीचको द्वन्द्व कम हुने आशा राख्दै यस क्षेत्रमा स्थिरता र शान्ति स्थापना हुने बताएको छ ।
पहलगाममा अप्रिल २२ मा भएको आतंकवादी आक्रमणपछि बढेको दुईदेशबीच तनाव बढिरहेको छ । पहलगाममा घटनामा १ जना नेपालीसहित २६ जनाको मृत्यु भएको थियो ।

रास्वपा सभापति र काठमाडौं महानगर प्रमुखबीच राजनीतिक सहमति, भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह
जनवरी १ मा लन्डनमा टोपी दिवस मनाइने
नेपालमा सवा ९ लाख मतदाता थपिए
मदनकृष्ण श्रेष्ठको स्वर र अभिनयमा ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक
नेपालमा मन्त्रिपरिषद् विस्तार, परराष्ट्रमन्त्रीमा बालानन्द शर्मा नियुक्त