लन्डन । लन्डन म्याराथनमा भाग लिन धाविका सन्तोषी श्रेष्ठ बेलायत आउनुभएको छ । उहाँ बिहीबार लन्डनस्थित हिथ्रो एयरपोर्टमा ओर्लनुभएको हो ।

उहाँलाई विमानस्थलमा नेपाल रन यूकेका पदाधिकारी र आफन्तले स्वागत गर्नुभयो । सन्तोषीले २७ अप्रिल २०२५ (वैशाख १४ मा) हुने लन्डन म्याराथनमा भाग लिनुहुनेछ । सन्तोषीको सहभागितालाई नेपाल रन युकेले व्यवस्थापन गरेको जनाइएको छ ।
पेरिस ओलम्पिक खेल्नुभएकी सन्तोषी १३ औं दक्षिण एसियाली खेलकुदकी स्वर्ण विजेता धाविका हुनुहुन्छ । उहाँले सागमा १० हजार मिटर दौडबाट स्वर्ण जित्नुभएको थियो ।

गत वर्षबाट म्याराथन दौडन थाल्नुभएकी सन्तोषीले ढाका बंगबन्धु म्याराथनमा स्वर्ण जितेर आफ्नो अन्तर्राष्ट्रिय सहभागितालाई स्मरणीय बनाउनुभएको थियो ।
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
एनआरएनए र सांस्कृतिक संस्थानबीच नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनका विषयमा छलफल
नेपाली दूतावास लन्डनले आगामी ३ मेमा प्रेस्टन क्षेत्र र ४ मेमा स्कटल्यान्डमा घुम्ती विशिर सञ्चालन गर्ने [सूचनासहित]
बेलायतको अल्डरसटबाट नेपाली ८१ वर्षीया वृद्धा सम्पर्कविहीन
दोस्रो तथा अन्तिम ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेट : नेपालले युएईलाई हरायो
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
नेपाली कांग्रेसका पूर्वउपसभापति खड्कालाई सोध्यो सातदिने स्पष्टीकरण
लन्डनमा गुञ्जियो नेपाली हिपहप
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा