
लन्डन । बेजिङस्टोक नेपाली समाज यूकेको अध्यक्षमा बिजय लिङ्थेप सर्वसम्मत चयन हुनुभएको छ । शनिबार २२ मार्च २०२५ का दिन भएको संस्थाको आठौं अधिवेशनले लिङ्थेपको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । लिङ्थेप यूकेका विभिन्न संघ संस्थाहरुमा आबद्ध भएर अनुभव बटुलेका एक समाजसेवी हुनुहुन्छ । नेपालस्थित संखुवासभा जिल्लामा जन्मिएका अध्यक्ष लिङ्थेप धरानमा हुर्किनुभयो । लिङ्थेप काठमाडौं हुँदै हङकङमा लामो बसाइँपछि यूके प्रवेश गर्नुभएको हो । हाल उहाँ बेजिङस्टोकमा बसोबास गरिरहनुभएको छ ।
लिङ्थेप नेतृत्वको नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा दुर्गा गुरुङ,उपाध्यक्ष बल थापा र अमृता पालुङवा सबेन्हिम, महासचिवमा जगदीश वाग्ले र सचिव पासाङ शेर्पा, कोषाध्यक्षमा दुर्गा राई चयन भएको निर्वाचन समितिले जनाएको छ ।
त्यसैगरी कल्चर विभाग प्रमुखमा प्रिया राई लिङ्थेप,दिलीप बोखिम लिम्बू, जिन्सी विभाग प्रमुख तारा पुन र राजेन्द्र पुन, खेलकुदमा लाल चोङ्बाङ लिम्बू र शिवध्वज राई, जनसम्पर्कमा निशा शर्मा, युवा संयोजकमा प्रविन कर्नबेरी, मिडियामा पारस राना मगर, सिनियर सिटिजन संयोजकमा उत्तर सुन्दास र टेक कुलुङ राई, महिला संयोजकमा ध्रुव गुरुङ र शोभा गुरुङ, ट्राफिक व्यवस्थापनमा बेल गुरुङ र क्याटरिङ संयोजकमा नरेन्द्र (काजी) राई चयन हुनुभएको छ ।
निर्वाचन समितिको संयोजकमा तिल बिक्रम सम्बाहाम्फे र रिटायर मेजर कृष्ण गुरुङ र टिचर मदन श्रेष्ठ रहनुभएको थियो ।

नवनिर्वाचित अध्यक्ष लिङ्थेपले अहिलेको चुनौती भनेको समाजलाई यूकेको अन्य संस्थाभन्दा छुट्टै स्थानमा पुर्याउने र डिन बोरो काउन्सिलसँग सहकार्य गर्ने रहेको बताउनुभयो । उहाँले युवाहरू र सिनियर सिटिजनहरुको बारेमा विशेष ध्यान दिने र स-साना नानीहरूको निमित्त नेपाली कक्षा संचालन गर्नेजस्ता भावी योजना अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नेपाली कांग्रेसका सभापतिमा गगनकुमार थापा निर्विरोध निर्वाचित
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निषेध
नेपाली कांग्रेसका दुई महामन्त्री थापा र शर्मालगायतमाथि कारबाही
चलचित्र वितरक रोहित कसरी ‘मिरमिरे’मा लगानीकर्ता बन्नुभयो ?
दुई प्रतिवेदन पारित गर्दै नेपाली कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सम्पन्न
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
रास्वपासँगको एकता १२ दिनमै तोडिएपछि उज्यालो नेपाल पार्टीको अध्यक्षमा घिसिङ
बर्लिनाले ट्यालेन्टमा नेपालका चार प्रतिभा छनोट
चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको निधन