
लन्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले दुई साताको भ्रमणमा रहनुभएका प्रतिनिधिसभाका सदस्य मनबहादुर गुरुङलाई स्वागत तथा सम्मान गरेको छ ।
अल्डरसटस्थित गुम्बा परिसरमा शुक्रबार सांसद गुरुङलाई गुम्बाका प्रमुख लामा खेन्पो सेनाङ्ग, बीसीसी यूकेका कार्यवाहक अध्यक्ष रोबिन गुरुङ, उपाध्यक्ष क्या. देव घले, आमा प्रमुख जगना गुरुङलगायतले खादा लगाई स्वागत गर्नुभएको थियो । गुरुङ कास्की क्षेत्र नं. १ बाट नेकपा एमालेको तर्फबाट निर्वाचित सांसद हुनुहुन्छ ।
कार्यक्रममा बीसीसी यूकेका उपाध्यक्ष क्याप्टेन देव घलेले गुम्बा स्थापना, यसले दिँदै आएको विभिन्न सेवाका बारेमा जानकारी गराउनुभएको थियो ।
त्यस्तै, सांसद गुरुङले गुम्बा दर्शन सँगसँगै दीप प्रज्ज्वलन गर्नुभएको थियो । उहाँले बीसीसी यूकेले विदेशी भूमिमा पनि आफ्नो भाषा, कला र संस्कृति संरक्षण तथा संवर्द्धनमा पुर्याएको योगदानको प्रशंसा गर्दै धन्यवाद दिनुभयो ।
बीसीसी यूकेका कार्यवाहक अध्यक्ष रोविन गुरुङले आफ्नो महत्वपूर्ण समयका बीच पनि गुम्बा भ्रमण गरिदिनु भएकोमा सांसद गुरुङप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।
सो अवसरमा तमु धीं यूकेका पूर्वअध्यक्ष नन्दजंग गुरुङ, ज्ञाम गुरुङ, बीसीसी यूकेका आमा, सञ्चारकर्मी मिलन तमु र भक्तजनहरुको उपस्थिति रहेको थियो ।
कार्यवाहक अध्यक्ष रोबिनको अध्यक्षतामा सम्पन्न स्वागत कार्यक्रमलाई उपाध्यक्ष क्याप्टेन देब घलेले संचालन गर्नुभएको थियो ।

दुर्घटनामा मृत्यु भएका युबिन तामाङको बेलायतमै अन्त्येष्टि
बेलायत र इरानका विदेशमन्त्रीबीच प्रत्यक्ष टेलिफोन वार्ता
नेपाली राजदूतावास लन्डनमा आइतबार विशेष योग ध्यान कार्यक्रम हुने
गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य सङ्कटको जोखिममा : संयुक्त राष्ट्र महासचिव गुटेरेस
बेलायतको अल्डरसटमा नेपाली दूतावासको घुम्ती शिविर, राहदानी र कन्सुलर सेवा एकै ठाउँमा
लन्डनमा नयाँ शैक्षिक प्रविधि प्लेटफर्म ‘टेडुनेट’ सार्वजनिक
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन आगामी फेब्रुअरी तेस्रो साता
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : नयाँ नेतृत्वका लागि ८० विद्युतीय उपकरणबाट मतदान गरिँदै, उम्मेदवारको अन्तिम नामावली सार्वजनिक