
लन्डन । बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले दुई साताको भ्रमणमा रहनुभएका प्रतिनिधिसभाका सदस्य मनबहादुर गुरुङलाई स्वागत तथा सम्मान गरेको छ ।
अल्डरसटस्थित गुम्बा परिसरमा शुक्रबार सांसद गुरुङलाई गुम्बाका प्रमुख लामा खेन्पो सेनाङ्ग, बीसीसी यूकेका कार्यवाहक अध्यक्ष रोबिन गुरुङ, उपाध्यक्ष क्या. देव घले, आमा प्रमुख जगना गुरुङलगायतले खादा लगाई स्वागत गर्नुभएको थियो । गुरुङ कास्की क्षेत्र नं. १ बाट नेकपा एमालेको तर्फबाट निर्वाचित सांसद हुनुहुन्छ ।
कार्यक्रममा बीसीसी यूकेका उपाध्यक्ष क्याप्टेन देव घलेले गुम्बा स्थापना, यसले दिँदै आएको विभिन्न सेवाका बारेमा जानकारी गराउनुभएको थियो ।
त्यस्तै, सांसद गुरुङले गुम्बा दर्शन सँगसँगै दीप प्रज्ज्वलन गर्नुभएको थियो । उहाँले बीसीसी यूकेले विदेशी भूमिमा पनि आफ्नो भाषा, कला र संस्कृति संरक्षण तथा संवर्द्धनमा पुर्याएको योगदानको प्रशंसा गर्दै धन्यवाद दिनुभयो ।
बीसीसी यूकेका कार्यवाहक अध्यक्ष रोविन गुरुङले आफ्नो महत्वपूर्ण समयका बीच पनि गुम्बा भ्रमण गरिदिनु भएकोमा सांसद गुरुङप्रति धन्यवाद ज्ञापन गर्नुभयो ।
सो अवसरमा तमु धीं यूकेका पूर्वअध्यक्ष नन्दजंग गुरुङ, ज्ञाम गुरुङ, बीसीसी यूकेका आमा, सञ्चारकर्मी मिलन तमु र भक्तजनहरुको उपस्थिति रहेको थियो ।
कार्यवाहक अध्यक्ष रोबिनको अध्यक्षतामा सम्पन्न स्वागत कार्यक्रमलाई उपाध्यक्ष क्याप्टेन देब घलेले संचालन गर्नुभएको थियो ।

नेपाल तामाङ घेदुङमा नयाँ कार्यसमिति निर्वाचित, अध्यक्षमा रामकृष्ण ब्लोन [सूचीसहित]
डा.सुमाया राईको पुस्तक ‘जिन्दगी फूल सम्झे फूलै हो’ लन्डनमा विमोचन
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
आदिवासी जनजातिको सवाल सम्बोधन हुने गरी पहल गर्ने काँग्रेसको प्रतिबद्धता
बेलायतमा डुप्सीङ्ग रिन्पोछेद्वारा बीसीसी गुम्बामा प्रवचन
गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विधेयकमा गोर्खा शब्द राखिएकोमा सीएनसीबीजीको आपत्ति
आदिवासी जनजातीका मुद्दामा नेपाल सरकार गम्भीर छ : कार्यवहाक राजदूत दुवाडी
पहिचान पुरस्कारका लागि कृति आह्वान, जेठ मसान्तसम्म समयसीमा
एनआरएनएको नर्दन आयरल्यान्ड बैठक : सल्लाहकार थपियो, विधान संयोजन समिति पुनर्गठन
एसोसिएसन अफ नेप्लिज ओरिजिनको नवौँ अन्तरराष्ट्रिय शाखा क्यानाडामा