लन्डन । बगर भाइ खलक यूकेको अध्यक्षमा ओमप्रकाश गुरुङ चयन हुनुभएको छ ।
बेलायतको अल्डरसटस्थित सुसी मोटो रेस्टुरेन्टमा आइतबार भएको तेस्रो अधिवेशनले ओमप्रकाशको अध्यक्षतामा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिको उपाध्यक्षमा चिज गुरुङ, सचिवमा अर्जुन गुरुङ, सहसचिवमा कुमार गुरुङ र कोषाध्यक्षमा भानु थकाली गुरुङ रहनु भएको छ ।

यस्तै, सदस्यहरूमा सूर्य गुरुङ, दीपक गुरुङ, मिडिया सेक्रेटरीमा गोर्खा मिडियाका प्रबन्ध निर्देशक मिलन तमु र विमल गुरुङ चयन हुनु भएको बगर भाइ खलक यूकेले जनाएको छ ।
अध्यक्ष दिलरास गुरुङको अध्यक्षतामा भएको अधिवेशनमा कोषाध्यक्ष भानु थकाली गुरुङ आय-व्यय विवरण प्रस्तुत गर्नुभएको थियो । अध्यक्षले आफ्नो कार्यकालमा भएका कामबारे जानकारी गराउँदै साथ र सहयोग गर्ने सबैलाई धन्यवाद दिनुभएको थियो । संस्थाका संस्थापक अध्यक्ष चन्द्र गुरुङलगायत अग्रज र अन्य पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो ।
योग्यतामा प्रश्न उठाउँदै महान्यायाधिवक्ता डा नारायणदत्त कँडेलविरुद्ध तीन रिट
बीसीसी यूकेले आगामी मे १ मा २५७० औं बुद्ध जयन्ती मनाउने
बेलायतमा बेपत्ता नेपाली वृद्धा सकुशल फेला
नेपालका गृहमन्त्री सुधन गुरुङको राजीनामा घोषणा
एनआरएनए र सांस्कृतिक संस्थानबीच नेपालको सांस्कृतिक पर्यटन प्रवर्द्धनका विषयमा छलफल
नेपालीकी महिला, बालबालिकामन्त्री बादीसँग एनआरएनएको प्रतिनिधिमण्डलको भेट
मगर संघ युकेकी पूर्वउपाध्यक्ष अनिताको पहलमा कौराहा सम्मेलनका लागि ८ लाख १० हजार सहयोग संकलन [विवरणसहित]
लन्डनमा गुञ्जियो नेपाली हिपहप
बेलायतसहित १० देशद्वारा लेबनानमा भएको सहायताकर्मीको हत्याको निन्दा
कीर्तिमानी आरोही पूर्णिमा श्रेष्ठको सगरमाथा मोह