
लन्डन । किराँत सुनुवार सेवा समाज बेलायतको आठौं अधिवेशनले नयाँ कार्यसमितिको चयन गरेको छ ।
शनिबार ११ जनवरी २०२५ मा सम्पन्न समाजको अधिवेशनले आकाश सुनुवारको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । कार्यसमिति अध्यक्षमा आकाश, उपाध्यक्षमा केदार सङ्केत र प्रकाश सुनुवार, सचिवमा परिस्पा सुनुवार, उपसचिव सुमी सुनुवार, कोषाध्यक्ष खजेन्द्र बिक्रम सुनुवार र उपकोषाध्यक्षमा मिलन सुनुवार चयन हुनुभएको पूर्वअध्यक्ष जंगबहादुर सुनुवारले जानकारी दिनुभयो ।
आठौं निर्वाचन आयोगमा पूर्वअध्यक्षद्वय जितेन्द्र सुनुवार तथा यादवकुमार दर्सुचा र पूर्वसचिव छत्र सुनुवार रहनुभएको थियो । निर्वाचन आयोगका संयोजक एवं पूर्वअध्यक्ष जितेन्द्र सुनुवार नयाँ कार्यसमितिको नामावली घोषणा गर्नुभएको थियो ।
अधिवेशनको पहिलो सत्रमा अध्यक्ष मनोजकुमार सुनुवारले आफूले तीन वर्षमा काम समेटेको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष इन्द्रकुमार सुनुवारले वार्षिक आय-व्याय प्रस्तुत गर्नुभएको थियो ।
अधिवेशनमा सुनुवार सेवा समाज बेलायतका संस्थापक तथा पूर्वअध्यक्ष विजयकुमार मुखियाले सन् २०१७ सालदेखि २०२२५ सालसम्म संस्थामा कार्यरत सबैलाई धन्यवाद दिनुभयो । त्यसैगरी पूर्वअध्यक्ष जंगबहादुर सुनुवारले कार्यसमितिमा जोसुकै चयन भए पनि संस्थाको विधानलाई आधार मानेर संस्थालाई आगामी दिनहरूमा सकारात्मक तरिकाले अगाडि डोर्याउने छ भन्नेमा आफू ढुक्क भएको बताउनुभयो ।
नयाँ आउने सम्पूर्ण पदाधिकारीहरूलाई कार्यकाल सफलताको लागि अध्यक्ष मनोजकुमार सुनुवारले शुभकामना व्यक्त गर्नुभएको थियो ।
नवनिर्वाचित अध्यक्ष आकाश सुनुवारले आफ्नो समाजको अध्यक्ष बन्नु राष्ट्राध्यक्ष हुनुभन्दा पनि ठूलो मानेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘टिममा चयन गरिएका समितिका सदस्यहरू केवल सेवक हौँ, जसले तपाईंहरूको हित र भविष्यका लागि काम गर्नुपर्नेछ । मेरो नेतृत्वको यो कार्यकाल तपाईं सबैको एकता र प्रगतिका लागि समर्पित हुनेछ ।’
अधिवेशनमा समाजका सल्लाहकार, बुद्धिजीवी, साहित्यकार, युवा समूह तथा संस्थाका पूर्वपदाधिकारीलगायतको बाक्लो उपस्थिति थियो ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल यूके शाखाको अध्यक्षमा मनसुधन थापा मगर चयन
वैदेशिक रोजगारीमा रहेका नेपालीलाई रिलायन्सको साधारण शेयर
नेपाल युके रनको पहलमा भ्यालेन्सिया म्याराथनमा सहभागी सन्तोषी श्रेष्ठको राष्ट्रिय कीर्तिमान
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बेलायतमा नेपाली पण्डितलाई बालयौन दुराचारको अभियोगमा २५ वर्ष जेल
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा, युके पाउन्ड कति ?
जर्मनीका राष्ट्रपति स्टेनमेयर बेलायत भ्रमणमा