
लन्डन । बेलायतमा प्रतिभा नक्षत्रको नयाँ कार्यसमिति चयन गरिएको छ ।
दक्षिणपूर्वी बेलायतको वूल्विचस्थित ब्रेसफोर्ड सडकस्थित रिभरसाइड भवनमा गत आइतबार भएको तेस्रो सम्मेलनले कुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । आगामी दुई वर्षका लागि श्रेष्ठको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ ।
उपाध्यक्षमा विजया दाहाल भण्डारी, महासचिवमा कर्मा पहाडी शेर्पा, सहसचिवमा डा. विना घिमिरे र सत्य प्रजापति निर्वाचित हुनुभएको छ । कोषाध्यक्ष आस्था जोशी, सहकोषाध्यक्षमा सेवा राई तथा संस्कृति विभागमा दीपक मैथाने मगर रहनुभएको छ ।
सदस्यहरूमा दीर्घ केसी, जीवन शाही, सूर्यविक्रम केसी, अर्जुन शाही, प्रकृति श्रेष्ठ, सुरज गिरी, समु भारती, धनजित चौधरी, छविन चौधरी, राजेन्द्र खस, शम्भु गौतम र युरोप इन्चार्जमा सान्डि भण्डारी रहेको टोम अधिकारी संयोजक र टेकबहादुर थापा ‘बुद्धप्रिया’ सदस्यसचिव रहेको निर्वाचन समितिले जनाएको छ ।
लामिछाने, श्रेष्ठ र सिंहलाई एनएलडीसी पुरस्कार दिइने
को हुन् बादी समुदायबाट पहिलो मन्त्री बन्न सफल सीता ?
तामाङ सोसाईटी अफ यूकेद्वारा सिन्धुपाल्चोकमा ४४ विद्यार्थीलाई छात्रवृत्ति वितरण
ओली र लेखकलाई रिहा गर्न प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिको माग
गोर्खा ‘ट्रेल ब्लेजर’को उपाधि थापा र तामाङलाई
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा ह्योल्मो निर्वाचित
चार भन्ज्याङ तमु समाज यूकेको १६औँ च्यारिटी डिनर नाइट सम्पन्न
मध्यपूर्वमा रहेका नेपालीको समस्याबारे एनआरएनए र वैदेशिक रोजगार व्यवसायी संघबीच छलफल
नेपाली कांग्रेसका सभापति गगन थापाको राजीनामा अस्वीकृत
पोखरा विमानस्थल अनियमितताबारे २१ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर