
लन्डन । चार लाख राशिको यस वर्षको पहिचान पुरस्कार राजु स्याङ्तानको कवितासंग्रह ‘ओ पेङ्दोर्जे’ लाई प्रदान गरिने भएको छ ।
पहिचान पुरस्कार कोषका बोर्ड अध्यक्ष सुवास राईले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै स्याङ्तानको कवितासंग्रह ‘ओ पेङ्दोर्जे’ लाई २०८०/८१ को पहिचान पुरस्कार दिने निर्णय भएको जनकारी दिएको हो । पुरस्कारको राशि ४ लाख २ हजार २ रुपैयाँ छ ।
यस वर्ष पहिचान पुरस्कारका लागि ८ वटा कृति मनोनयनमा परेका थिए । स्याङ्तानको ‘ओ पेङ्दोर्जे’ सहित गीलु रातोसको ‘सिलीदुङ’, विश्व कुँइकेल ‘गोपीचा’, मिथोचको ‘आगोको पिदार’, प्रविण खालिङको ‘चिया गफ’, अभागी थेगुवाको ‘सपनाहरूको बही’, श्याम सामसोहाङ राईको ‘मुन्दुम ट्रेल’ र निर्भीकजंग राईको ‘त्यसरी त कहिल्यै सोचिएन’ अन्तिम सूचीमा परेका थिए ।
‘ओ पेङदोर्जे’ कविता संग्रह गोर्खा राज्य विस्तार हुनुअघि र गोर्खा राज्य विस्तार भएपछि आफ्नो पहिचानका लागि रगत पसिना साथै जीवन आहूति दिने तामाङ जाति र अन्य भूइँमान्छेहरुले खेपेको शोषणका बारेमा लेखिएको छ । विषय, शिल्प, शैली, प्रस्तुति सबै दृष्टिकोणले कविता सङ्ग्रह ‘ओ पेङदोर्जे’लाई पहिचान पुरस्कार दिने घोषणा गरिएको संस्थापक नरेश काङमाङ राईले जानकारी दिनुभएको छ ।
संस्थाले जनाएअनुसार, २०८१ साल चैत्र २३ गते भोजपुर जिल्लाको टेम्के मैयुङ गाउँपालिका वार्ड नम्बर ४ को सुन्दर चखिया डाँडामा पुरस्कार वितरण गरिने छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल यूके शाखाको अध्यक्षमा मनसुधन थापा मगर चयन
वैदेशिक रोजगारीमा रहेका नेपालीलाई रिलायन्सको साधारण शेयर
नेपाल युके रनको पहलमा भ्यालेन्सिया म्याराथनमा सहभागी सन्तोषी श्रेष्ठको राष्ट्रिय कीर्तिमान
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बेलायतमा नेपाली पण्डितलाई बालयौन दुराचारको अभियोगमा २५ वर्ष जेल
बेलायतमा ज्यान गुमाएका युविन तामाङको परिवारलाई धरान समाज यूकेद्वारा ६ लाख २७ हजारभन्दा बढी सहयोग
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
जर्मनीका राष्ट्रपति स्टेनमेयर बेलायत भ्रमणमा
अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा, युके पाउन्ड कति ?