
लन्डन । अन्तर्राष्ट्रिय कानूनका ज्ञाता प्रा डा सूर्य प्रसाद सुवेदीको जीवनी एक समारोहबीच विमोचन गरिएको छ ।
लन्डनस्थित नेपाली दूतावासकी उपनियोग प्रमुख श्रीमती रोशन खनाल तथा एनआरएनएका पूर्व सल्लाहकार कुल आचार्यले ’प्रा सूर्य सुवेदी महाविद्यावारिधिदेखि नोबेल पुरस्कार मनोनयनसम्म’ नामक पुस्तक लोकार्पण गरेका हुन् ।
साउथ एसिया टाइम अनलाइनद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै श्रीमती खनालले नेपालमा संविधान निर्माणदेखि नेपाल सरकारविरुद्ध एनसेलको मुद्दामा महत्वपूर्ण सुझाव र सल्लाह दिएर प्रा सुवेदीले मुलुकलाई गुण लगाएको बताइन् । उनले प्रा सुवेदीजस्ता विज्ञहरुको विद्वता नेपालको हितमा उपयोग गर्नु पर्नेमा जोड दिइन् ।
गैर आवासीय नेपाली संघका पूर्व सल्लाहकार कुल आचार्यले नेपालमा एमसीसी विवाद चर्किरहेका बेला प्रा सुवेदीले व्याख्यात्मक टिप्पणी राख्न सुझाव दिएर विवाद सुल्झाउन योगदान गरेको सम्झना गरे । उनले नेपाल भारत सीमा विवाद लगायतका विवाद समाधान गर्न प्रा सुवेदीले दिएको सुझाव नेपालका लागि निकै उपयोगी भएको बताए । उनले पुस्तकका लेखक पत्रकारद्वय भगीरथ योगी तथा नवीन पोखरेललाई धन्यवाद पनि दिइन् ।
उक्त पुस्तकको बारेमा बोल्दै अक्सफोर्ड विश्वविद्यालयसँग आवद्ध अनुसन्धानकर्ता डा कृष्ण अधिकारीले लम्जुङ्गदेखि बेलायतसम्म प्रा सुवेदीको जीवन यात्रा रोचक र प्रेरणादायी रहेको बताए । उनले प्रा सुवेदीको जीवनी पढ्दा आफूलाई बझांगी राजा जयपृथ्वीबहादुर सिंहको सम्झना आएको बताए । उनले राजा जयपृथ्वी बहादुर सिंहजस्तै प्रा सुवेदी पनि अन्तर्राष्ट्रियतावादी, मानवतावादी तथा कानूनी राज्यको पक्षधर भएको बताए । उनले प्रा सुवेदीलाई आफ्ना अनुभवहरु समेटेर अर्को पुस्तक लेख्न पनि सुझाव दिए ।
‘बेलायतको प्रगतिको साझेदारको रुपमा दक्षिण एसियाली डायसपोराको भूमिका’ विषयमा बोल्दै प्रा सुवेदीले ब्रिटेनका हरेकजसो क्षेत्रमा दक्षिण एसियाली समुदायले राम्रो प्रगति गरेको बताए । उनले अन्य दक्षिण एसियाली समुदायभन्दा ढिलो बेलायतमा स्थायी बसोबास गर्न लागेको भए पनि नेपाली आप्रवासी समुदायले व्यापार व्यवसाय, सेवा र प्राज्ञिक क्षेत्रमा उल्लेखनीय प्रगति गरिरहेको जनाए ।
कार्यक्रममा सगरमाथाको सफल आरोहण गरेर कीर्तिमान कायम गरेका ‘डबल अबभ नी एम्पुटी’ भूतपूर्व गोर्खा हरि बुढा मगर, बार्नेट काउन्सिलका पूर्व डेपुटी मेयर लक्ष्य गुरुङ, कन्सलट्यांट नर्स सुमन श्रेष्ठ एमबीई, डा कपिल रिजाल, उद्यमी योगेन्द्र क्षेत्री, उद्यमी उत्तम नेपाल, समाजसेवी रविन्द्र जंग लामिछाने, चर्चित कलाकार गोविन्द साह ‘आजाद,’ द मेक्सवर्थ फाउन्डेशनका संस्थापक संजय शाह, फेशन डिजाइनर संयुक्ता श्रेष्ठ, गायिका सितु खरेल, गोर्खा अभियानकर्ता ज्ञानराज राई, एनआरएनए अभियन्ता दयानिधि सापकोटालगायत समाजका विभिन्न क्षेत्रमा योगदान गरेका व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । त्यस्तै प्रायोजकहरुलाई पनि सम्मान गरिएको थियो ।
साहित्यकार डा संगीता स्वेच्छाले संचालन गरेको कार्यक्रममा साउथ एसिया टाइम अनलाइनका प्रधान सम्पादक भगीरथ योगीले सबैलाई स्वागत गरे भने सम्पादक डा जगन कार्कीले धन्यवाद ज्ञापन गरेका थिए ।
एनआरएनए यूके अध्यक्ष गाहामगरद्वारा एनआरएनए १२ औं महाधिवेशन रोक्न माग गर्दै अदालत रिट दर्ता
एनआरएनएको १२औँ अन्तर्राष्ट्रिय महाधिवेशन तथा विश्व सम्मेलनबारे नेपाल सरकारसँग छलफल
नेपालको प्रतिनिधिसभामा आदिवासी जनजातिबाट ३२ जना निर्वाचित, कुन दलबाट कति ?
बेलायतमा ईष्ट लन्डन महिला कम्युनिटीले ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनायो
नेपालमा प्रतिनिधिसभा निर्वाचन : प्रत्यक्षतर्फ सबै नतिजा सार्वजनिक, कुन दलका उम्मेदवारले कहाँ जिते ? [नामावली]
नेपालमा प्रतिनिधिसभा निर्वाचन मतगणना : रास्वपा ७२ र कांग्रेस ११ क्षेत्रमा विजयी [अपडेट]
नेपालमा प्रतिनिधिसभा निर्वाचनको ३९ क्षेत्रको मतपरिणाम सार्वजनिक, कुन दलबाट को विजयी ? [सूचीसहित]
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : रास्वपा ११, कांग्रेस ४ र नेकपा २ स्थानमा निर्वाचित
नेपालमा प्रतिनिधिसभा निर्वाचनमा करिब ६० प्रतिशत मत खस्योः आयोग
नेपालमा प्रतिनिधिसभा निर्वाचन परिणाम : कुन दलले कति सिट जिते ?