
वासिङ्टन ।अर्थमन्त्री वर्षमान पुन विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त बैठकमा सहभागी हुने सिलसिलामा चार सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यहाँ आइपुग्नु भएको छ ।
मन्त्री पुनलाई अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्री तथा दूतावासका उपप्रमुख कुमार खरेल लगायत दूतावासका उच्च अधिकारीहरुले स्वागत गर्नुभयो । भ्रमण दलमा अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल, सोही महाशाखाका उपसचिव कञ्चन बस्नेतलगायत हुनुहुन्छ ।
यहाँ रहँदा अर्थमन्त्री पुनले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन तथा अन्तर्राष्ट्रिय वित्त निगमका वरिष्ठ अधिकारीका साथै अमेरिका चेम्बर अफ कमर्सका पदाधिकारीसँग छलफल गर्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ ।
मन्त्री पुनले जलवायु परिवर्तनको प्रभावले जोखिममा परेका मुलुकहरूको मन्त्रीस्तरीय बैठकलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ ।
गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई निर्वाचन आयोगले दियो आधिकारिकता
यसरी मनायो थारु कल्याणकारी सभा यूकेले माघी पर्व
गिनिज वर्ल्ड रेकर्ड धारक सुनारलाई अमेरिकामा खेल विज्ञानमा मानार्थ विद्यावारिधि
अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थायी रोक
तमु लम परिवार यूकेको विशेष बैठक, यस्ता छन् निर्णयहरु