
काठमाडौँ । बेलायतमा रहेको कल्याणकारी संस्था द मेक्सवर्थ फाउन्डेशनले सर्लाही हरिवन घुर्कौलीस्थित पंचा इसाका स्कुल चेतना संदेश नेपालका विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरेको छ।
सोमबार आयोजित एक समारोह आयोजना गरी २५ जना विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको हो ।
लंडनस्थित मेक्सवर्थ एकाउनटेन्टसका प्रबन्ध निर्देशक तथा मेक्सवर्थ फाउन्डेशनका संस्थापक संजय शाहले आफ्नो जन्मभूमिका बालबालिकाको पठनपाठनमा सहयोग पुराउने उद्देश्यले छात्रवृत्ति प्रदान गरिएको बताउनु भयो। “अहिलेको युगमा गुणस्तरीय शिक्षा विना व्यक्तित्व विकास सम्भव छैन। त्यसैले सानो भए पनि सहयोग गर्न पाउँदा हामी अत्यन्तै हर्षित छौं। “
मेक्सवर्थ फाउन्डेशनले नेपालमा अपाङ्ग सरोकार केन्द्र मार्फत व्हीलचेयर वितरण गरेको थियो भने मानव सेवा आश्रम तथा पदम भुवनेश्वरी नमुना वृद्ध सेवाश्रममा रहनु भएका बाबाआमाहरुलाई भोजन प्रदान गरेको थियो। त्यस्तै सी आशा विशेष विद्यालय तथा पुनर्स्थापना केन्द्रमा रहेका बालबालिकाहरुलाई पनि सहयोग गरेको थियो।
युक्रेनमा सहयोग
हाल रुसी अतिक्रमण झेली रहेको युरोपेली मुलुक युक्रेनको पश्चिमी प्रान्त चर्निफ्त्सीमा पनि मेक्सवर्थ फाउन्डेशनले स्थानीय स्वयम्सेवकहरुको सहयोगमा वृद्धवृद्धा, बालबालिका तथा स्थानीय व्यक्तिहरुलाई खाने कुरा लगायतका अत्यावश्यक सामग्रीहरू प्रदान गरेको छ । “मानवताको कुनै सीमा हुँदैन । युद्धग्रस्त युक्रेनमा द्वन्द्वप्रभावित समुदायलाई हामीले नियमित रुपमा सहयोग प्रदान गर्ने योजना बनाएका छौं,” शाहले भन्नुभयो ।
“अन्तरराष्ट्रिय कल्याणकारी संस्था बी१जी१ संगको सहकार्यमा हामीले प्रदान गरेको सहायताले विश्वव्यापी रुपमा हजारौं व्यक्तिहरु लाभान्वित भएका छन्। हामीले प्रत्येक वर्ष नेपालका एक मेधावी छात्र वा छात्रालाई एसीसीए अध्ययन गर्न छात्रवृत्ति प्रदान गर्ने गरेका छौं। त्यस्तै बेलायतस्थित संस्था नेपाल रनलाई पनि हामीले सघाउँदै आएका छौं,” शाहले भन्नु भयो ।
वातावरणको क्षेत्रमा काम गर्ने संस्था इकोलोजाइसंग समन्वय गरी मेक्सवर्थ फाउन्डेशनले विभिन्न एसियाली तथा अफ्रिकी मुलुकहरुमा १६,२४१ वटा बिरुवा रोपिएको र त्यसबाट अहिलेसम्म १३७.९५ टन कार्बन कटौती भएको जनाएको छ । फाउन्डेशनले अरु हजारौं बिरुवाहरु रोप्ने दीर्घकालिन योजना पनि बनाएको छ ।
अष्ट्रेलिया सिड्नीमा गोलीकाण्ड, कम्तीमा ११ जनाको ज्यान गयो
यस्तो चयन हुनेछ एमालेको केन्द्रीय कमिटीको संरचना
बेलायतका घरधनीहरूलाई नयाँ नियमबारे जानकारी राख्न आग्रह
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति, के के छन् ?
नेपाली प्रतिभा प्रतिष्ठान बेलायतद्वारा किराती र चौधरीलाई सम्मान तथा पुरस्कार
अस्ट्रेलियाको एडिलेड विश्वविद्यालयले दियो नेपाली युवा श्यामसुन्दर श्रेष्ठलाई ‘ब्राइट स्पार्क अवार्ड’