किराया बेलायतको स्थापना दिवसमा द भ्वाइस अफ नेपालका विजेता विनोद राईलाई सम्मान

लण्डन । किरात राई यायोक्खा बेलायतले २०औं स्थापना दिवस विशेष कार्यक्रमसहित मनाएको छ ।
शनिबार ६ अप्रिल २०२४ को दिन किरात राई हाउस ग्याम्बल्स लेन वकिङ्मा आयोजित कार्यक्रमको अध्यक्षता अध्यक्ष चन्द्रबहादुर राईले गर्नु भएको थियो भने प्रमुख अतिथिमा जगत राई अनि विशेष अतिथिमा द भ्वाइस अफ नेपालको पाँचौ श्रृंखला २०२४ को उपाधि विजेता गायक विनोद राई रहनु भएको थियो ।
संस्थाको उपाध्यक्ष रि मेजर दिल कुमार राईले जनस्वास्थ्य र सुरक्षा सम्बन्धि ब्रीफिङ गर्नु भएको थियो । दीप प्रज्वलन गर्दै उद्घाटन गरिएको औपचारिक कार्यक्रममा, सुश्री स्मृति राईले संस्थाको बीस वर्षे संक्षिप्त इतिहास वाचन गरेर सुनाएकी थिइन् ।
२०औं स्थापना दिवस कार्यक्रमको संयोजक समेत रहनु भएको संस्थाको उपाध्यक्ष अनिता राईले स्वागत मन्तब्य राख्नु भएको थियो । स्वागत मन्तब्य दिने क्रममै उपाध्यक्ष तथा संयोजक राईले किरात राई यायोक्खा बेलायतको वर्तमान अवस्थातर्फ इंगित गर्दै संस्थाका उपस्थित संस्थापकहरुलाई संस्थाको निरन्तरता अनि उद्देश्य प्राप्तिमा को स्पष्ट भएर उभिएको छ उसलाई साथ दिन अनुरोध गर्नु भएको थियो ।
यसै संस्था स्थापना दिवसको अवसर पारेर बेलायत भ्रमणमा रहनुभएको द भ्वाइस अफ नेपालको पाँचौं श्रृंङ्खलाको उपाधि विजेता गायक विनोद राईलाई संस्थाले स्वागत र सम्मान गरेको थियो । सभाध्यक्ष र प्रमुख अतिथिले विजेता बिनोद राईलाई फेटा गुथिदिएर अनि सम्मानपत्र प्रदान गर्दै सम्मान गर्नु भएको थियो भने कार्यक्रममा उपस्थित सबैले खादाले वहाँको स्वागत सम्मान गर्नु भएको थियो ।
स्थापना दिवसको शुभकाना मन्तब्य दिने क्रममा संस्थाको पूर्व अध्यक्ष र वर्तमान प्रमुख सल्लाहकार पदम राई बिईएमले आफू संस्थाको शैशवकालदेखि नै विभिन्न भूमिकामा सक्रिय रहँदै आएको अनि संस्थाको उन्नत कालखण्डमा नेतृत्व प्रदान गरेको स्मरण गर्दै संस्थाको वर्तमान अवस्थाप्रति केही खिन्नता प्रकट गर्दै कार्यक्रम संयोजकले गर्नु भएको अनुरोधप्रति सहमति जनाउनु भयो ।
यसैगरी, संस्थापकहरुको तर्फबाट संस्थापक नेपालधन राईले आफ्नो भनाइ राख्नु भएको थियो । शुभकामना दिने क्रममै विशेष अतिथि समेत रहनु भएको साथै सम्मानित गायक बिनोद राईले किराया बेलायतले आफूलाई जिताउन अभियान सञ्चालन गर्दै सहयोग गरेको आफू जस्तो नवयुवालाई त्यो सफलता हासिल गर्न वातावरण निर्माण गर्दै हौसला प्रदान गरेको अनि स्थापना दिवसको दिन विशेष सम्मान गरेर अझ हौसला बढाइदिनु भएकोमा धन्यवाद ब्यक्त गर्नु भएको थियो ।
प्रमुख अतिथिको संक्षिप्त शुभकामना मन्तब्यपस्चात सभाध्यक्ष तथा अध्यक्ष चन्द्रबहादुर राईले सम्मानित गायक बिनोद राईलाई हार्दिक बधाई दिँदै स्थापना दिवस भब्यरुपमा सफल पार्न लागि पर्ने कार्यसमिति पदाधिकारी सबैलाई धन्यवाद दिनु भएको थियो ।
यस कार्यक्रमको अतिथिको रुपमा किराया बेलायत स्थानीय समन्वय परिषद ग्रेटर रस्मोरको अध्यक्ष ध्रुवसरी राई, संस्थापकहरु रामधन राई, गजेन्द्र राई, डम्बर राई र हिराधन राईको उपस्थिति रहेको थियो । औपचारिक कार्यक्रम किराया बेलायतको उपमहासचिव प्रमिला लाबुङ राईले सन्चालन गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री