
लण्डन । मार्च २७ तारिखका दिन गोरखाहरुको समस्याका बारेमा हुने मन्त्रीस्तरीय वार्तामा सहभागी हुने गोरखा प्रतिनिधिहरुको नाम तय भएको छ ।
सो वार्तामा गोरखाहरुको तर्फबाट ६ जना प्रतिनिधिले भाग लिन पाउने भनिएकोमा नाम तय गर्न आइतबार दुताबासमा बसेको बैठक बीचमै अवरुद्ध भएको थियो । तर सोमबार बिहान गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले वार्तामा आफ्ना प्रतिनिधिले भाग लिन पाउनुपर्ने दाबी छोडेपछि प्रतिनिधिको नाम टुंगो लागेको हो ।
२७ तारिखको वार्तामा गोर्खाका तर्फबाट वार्ताकारहरु मेजर रिटायर्ड जुदबहादुर गुरुङ, धर्मबहादुर तामाङ र कृष्णबहादुर राई तथा सत्याग्राहीहरुका तर्फबाट ज्ञानराज राई, ब्रिटिश गोरखा वेलफेयर सोसाइटीका अध्यक्ष मेजर रिटायर्ड टिकेन्द्रदल देवान र नेपाल भूतपूर्व सैनिक संघ (बिजीनेसा) का सभापति केशबहादुर गुरुङ सहभागी हुने छन् ।
बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्यको पहलमा आइतबार भएको बैठकमा गेसोका सभापति कृष्णकुमार राई र बिजिडब्ल्यूएसका सभापति टिकेन्द्रदल देवानलाई यसपटकको वार्तामा राख्न राजदुत आचार्यले नै प्रस्ताव गरेका थिए । बाँकी एक जना कसलाई छनौट गर्ने भन्ने विषयमा बैठकमा धेरैले वार्तामा बस्न इच्छा देखाएपछि बैठक ६ जनाको नाम तय गर्न असफल भएको थियो । बैठक अनियन्त्रित हुँदै गएपछि राजदुत आचार्य बैठक नै छोडेर हिँड्नुपरेको थियो भने सैनिक सहचारी कर्णेल अनुप शाहलाई बैठकको वातावरण मर्यादित बनाउन हम्मेहम्मे परेको थियो ।
बैठक निस्कर्षविहीन भएपछि दुताबासले गेसोलाई यसपटक नेसाका सभापति केशबहादुर गुरुङलाई वार्तामा ठाउँ दिन अनुरोध गरेपछि गेसोले दुताबासको सो प्रस्ताव स्वीकार गरेको गेसोका महासचिव नरहाङ राईले जानकारी दिए ।
गेसोका उपसभापति धर्मबहादुर तामाङले पनि वार्तालाई सफल बनाउन र वार्तामार्फत गोरखा भूतपूर्व सैनिकहरुलाई अधिकतम लाभ पुर्याउनका लागि गेसो लचिलो बनेको बताए । जी टेनका सदस्य संस्थाका अध्यक्षहरुमध्ये गेसो सभापति मात्र हालसम्म कुनै पनि वार्तामा बस्न नपाएको बताउँदै उनले यसअघि पनि अनसनकर्ता पुष्पा राणा घलेलाई वार्तामा बस्न आफूले र यसपटक पनि केश गुरुङलाई गेसो सभापतिले ठाउँ छोडिदिएको तामाङको धारणा थियो ।
गोर्खाका समस्याबारे दुई देशका मन्त्रीस्तरीय वार्ता मार्च २७ मा बेलायती रक्षा मन्त्रालयमा हुँदैछ ।
मकवानपुरमा सुमो दुर्घटनाका घाइतेमध्ये ६ जनाको मृत्यु
सिरियामा आइएसको भूमिगत केन्द्रमा बेलायत–फ्रान्सको हवाई आक्रमण
गायक ‘सपुत’लाई जन्मस्थलोको दर्शकले साथदिँदा…
प्रवासी नेपालीको कथामा बन्यो चलचित्र ‘प्रवासी जीवन’
भेनेजुएलामा भएका अमेरिकी कारबाहीमा बेलायतको कुनै संलग्नता छैन : प्रधानमन्त्री स्टार्मर
बेलायत निवासी साहित्यकार केदार संकेतको ‘अन्तिम साँझ’ कथासङ्ग्रह लोकार्पण
नेपालमा ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ यही पुस १७ देखि लागु गरिँदै
इन्डोनेसियाको नर्सिङ होममा आगलागी, १६ जनाको मृत्यु
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको निधन
नेपालसहित विश्वका विभिन्न मुलुकमा मंगलबार तमु ल्होसार पर्व मनाइँदै