
लण्डन । मार्च २७ तारिखका दिन गोरखाहरुको समस्याका बारेमा हुने मन्त्रीस्तरीय वार्तामा सहभागी हुने गोरखा प्रतिनिधिहरुको नाम तय भएको छ ।
सो वार्तामा गोरखाहरुको तर्फबाट ६ जना प्रतिनिधिले भाग लिन पाउने भनिएकोमा नाम तय गर्न आइतबार दुताबासमा बसेको बैठक बीचमै अवरुद्ध भएको थियो । तर सोमबार बिहान गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले वार्तामा आफ्ना प्रतिनिधिले भाग लिन पाउनुपर्ने दाबी छोडेपछि प्रतिनिधिको नाम टुंगो लागेको हो ।
२७ तारिखको वार्तामा गोर्खाका तर्फबाट वार्ताकारहरु मेजर रिटायर्ड जुदबहादुर गुरुङ, धर्मबहादुर तामाङ र कृष्णबहादुर राई तथा सत्याग्राहीहरुका तर्फबाट ज्ञानराज राई, ब्रिटिश गोरखा वेलफेयर सोसाइटीका अध्यक्ष मेजर रिटायर्ड टिकेन्द्रदल देवान र नेपाल भूतपूर्व सैनिक संघ (बिजीनेसा) का सभापति केशबहादुर गुरुङ सहभागी हुने छन् ।
बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्यको पहलमा आइतबार भएको बैठकमा गेसोका सभापति कृष्णकुमार राई र बिजिडब्ल्यूएसका सभापति टिकेन्द्रदल देवानलाई यसपटकको वार्तामा राख्न राजदुत आचार्यले नै प्रस्ताव गरेका थिए । बाँकी एक जना कसलाई छनौट गर्ने भन्ने विषयमा बैठकमा धेरैले वार्तामा बस्न इच्छा देखाएपछि बैठक ६ जनाको नाम तय गर्न असफल भएको थियो । बैठक अनियन्त्रित हुँदै गएपछि राजदुत आचार्य बैठक नै छोडेर हिँड्नुपरेको थियो भने सैनिक सहचारी कर्णेल अनुप शाहलाई बैठकको वातावरण मर्यादित बनाउन हम्मेहम्मे परेको थियो ।
बैठक निस्कर्षविहीन भएपछि दुताबासले गेसोलाई यसपटक नेसाका सभापति केशबहादुर गुरुङलाई वार्तामा ठाउँ दिन अनुरोध गरेपछि गेसोले दुताबासको सो प्रस्ताव स्वीकार गरेको गेसोका महासचिव नरहाङ राईले जानकारी दिए ।
गेसोका उपसभापति धर्मबहादुर तामाङले पनि वार्तालाई सफल बनाउन र वार्तामार्फत गोरखा भूतपूर्व सैनिकहरुलाई अधिकतम लाभ पुर्याउनका लागि गेसो लचिलो बनेको बताए । जी टेनका सदस्य संस्थाका अध्यक्षहरुमध्ये गेसो सभापति मात्र हालसम्म कुनै पनि वार्तामा बस्न नपाएको बताउँदै उनले यसअघि पनि अनसनकर्ता पुष्पा राणा घलेलाई वार्तामा बस्न आफूले र यसपटक पनि केश गुरुङलाई गेसो सभापतिले ठाउँ छोडिदिएको तामाङको धारणा थियो ।
गोर्खाका समस्याबारे दुई देशका मन्त्रीस्तरीय वार्ता मार्च २७ मा बेलायती रक्षा मन्त्रालयमा हुँदैछ ।
बेलायतीमन्त्री मल्होत्रा र नेपालका शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता
बेलायती मन्त्री सीमा मल्होत्रा नेपाल भ्रमणमा
१७ औं अभिव्यक्ति शृङ्खलामा बेलायतवासी साहित्यकार चिम्खोले काइँला
चलचित्र पत्रकारिता दिवसः पत्रकारहरू पुरस्कृत, को को ?
भूपू गोर्खाको मुद्दाबारे बेलायत र नेपालबीच ८ जुनमा उच्चस्तरीय वार्ता हुने
‘लाहुरेनी सौन्दर्य’ भित्र के के रैछन् त ? [प्रतिक्रिया]
बेलायतको बदलिँदो राजनीति : जनता किन खोज्दैछन् नयाँ विकल्प ?
बेलायतमा २४ औं गोर्खा कपमा ५६ टिम भिड्ने, ३ लाख ५० हजार पाउन्डभन्दा बढी खर्च हुने अनुमान
श्रम संस्कृति समाज बेलायतमा नयाँ कार्यसमिति निर्विरोध चयन, संयोजकमा मनोज पुन
नेपालमा सम्मानजनक बुढ्यौली सुनिश्चित गर्न सहकार्य आवश्यक : एनआरएनए अध्यक्ष डा. शर्मा