
लण्डन । खोटाङ सेवा समाज बेलायतले प्रदान गर्दै आएको खोटाङ नागरिक सम्मान तथा खोटाङ प्रतिभा पुरस्कार घोषणा गरिएको छ ।
खोटाङ नागरिक सम्मान वरिष्ठ समाजसेवी तथा तथा शिक्षाविद चतुरभक्त राईलाई साथै खोटाङ प्रतिभा पुरस्कार कवि चन्द्र रानोहँछालाई प्रदान गरिने निर्णय भएको खोटाङ नागरिक सम्मान तथा प्रतिभा पुरस्कार कोष विभाग संयोजक डिल्लीराम राईले जानकारी दिनु भयो ।
खोटाङ नागरिक सम्मानमा नगद एकलाख राशीसहित ताम्रपत्र र खोटाङ प्रतिभा पुरस्कार नगद पचास हजारसहित ताम्रपत्र रहेको छ ।
सम्मान तथा पुरस्कार हस्तान्तरण समारोह खोटाङ–युके स्वास्थ्य शिविर समापन समारोहसँगै खोटाङको सदरमुकाम दिक्तेल बजारमा आगामी चैत महिनामा गरिने संस्थाका अध्यक्ष डा. प्रमोद कोयी राईले जानकारी दिनु भयो ।
खोटाङ नागरिक सम्मानबाट यसअघि कवि जसराज किराती, मदन राई, सुखलक्ष्मी राई र जय कुमार राई सम्मानित भइसक्नुभएको छ साथै खोटाङ नागरिक सम्मान रुपकुमार राई, शान्तिराम राई, टंक थापा र टीका चाम्लिङलाई प्रदान गरिसकिएको छ ।
सन् २००७ सालमा स्थापित खोटाङ सेवा समाज बेलायतले स्थापनाकालदेखि नै खोटाङ नागरिक सम्मान तथा खोटाङ प्रतिभा पुरस्कार अक्षयकोष स्थापना गरेर नागरिक सम्मान तथा प्रतिभा पुरस्कार संचालन गर्दै आएको छ ।
सम्मान तथा पुरस्कार संचालनका लागि संस्थामा आवद्ध २५ ट्रष्टीहरुद्वारा अक्षयकोषको स्थापना गरिएको छ ।
खोटाङ सेवा समाज बेलायतले विगतमा खोटाङ–युके एम्बुलेन्स प्रोजेक्टमार्फत सात वटा एम्बुलेन्स तथा एक अल्ट्रासाउन्ड मेसिन जिल्लालाई प्रदान गरिसकेको छ । साथै कोभिड संक्रमणकालमा जिल्लाबासीलाई अक्सिजन मेसिन पनि दिइएको थियो ।
खोटाङ सेवा समाज बेलायतले यो साल पनि खोटाङ जिल्लाको सबै पालिकाहरुमा खोटाङ–युके स्वास्थ्य शिविर संचालन गर्ने भएको छ ।
नेपाल सरकार श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
ऊर्जामन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा
राष्ट्रिय सभा निर्वाचन : १९ पदका लागि ४४ जनाको उम्मेदवारी
यी हुन् एनआरएनए यूकेको स्कटल्यान्डमा बसेको पूर्ण बैठकका निर्णयहरु
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
सञ्चारकर्मी टीकाराम यात्री बेलायतस्थित ए स्टार मोर्गेजेजको ‘ब्रान्ड एम्बास्डर’ नियुक्त
भेनेजुएलाको राजधानीमा विस्फोट, अमेरिकी हस्तक्षेपको आरोप, के-के छन् घटनाक्रम ?