
लण्डन । खोटाङ सेवा समाज बेलायतले प्रदान गर्दै आएको खोटाङ नागरिक सम्मान तथा खोटाङ प्रतिभा पुरस्कार घोषणा गरिएको छ ।
खोटाङ नागरिक सम्मान वरिष्ठ समाजसेवी तथा तथा शिक्षाविद चतुरभक्त राईलाई साथै खोटाङ प्रतिभा पुरस्कार कवि चन्द्र रानोहँछालाई प्रदान गरिने निर्णय भएको खोटाङ नागरिक सम्मान तथा प्रतिभा पुरस्कार कोष विभाग संयोजक डिल्लीराम राईले जानकारी दिनु भयो ।
खोटाङ नागरिक सम्मानमा नगद एकलाख राशीसहित ताम्रपत्र र खोटाङ प्रतिभा पुरस्कार नगद पचास हजारसहित ताम्रपत्र रहेको छ ।
सम्मान तथा पुरस्कार हस्तान्तरण समारोह खोटाङ–युके स्वास्थ्य शिविर समापन समारोहसँगै खोटाङको सदरमुकाम दिक्तेल बजारमा आगामी चैत महिनामा गरिने संस्थाका अध्यक्ष डा. प्रमोद कोयी राईले जानकारी दिनु भयो ।
खोटाङ नागरिक सम्मानबाट यसअघि कवि जसराज किराती, मदन राई, सुखलक्ष्मी राई र जय कुमार राई सम्मानित भइसक्नुभएको छ साथै खोटाङ नागरिक सम्मान रुपकुमार राई, शान्तिराम राई, टंक थापा र टीका चाम्लिङलाई प्रदान गरिसकिएको छ ।
सन् २००७ सालमा स्थापित खोटाङ सेवा समाज बेलायतले स्थापनाकालदेखि नै खोटाङ नागरिक सम्मान तथा खोटाङ प्रतिभा पुरस्कार अक्षयकोष स्थापना गरेर नागरिक सम्मान तथा प्रतिभा पुरस्कार संचालन गर्दै आएको छ ।
सम्मान तथा पुरस्कार संचालनका लागि संस्थामा आवद्ध २५ ट्रष्टीहरुद्वारा अक्षयकोषको स्थापना गरिएको छ ।
खोटाङ सेवा समाज बेलायतले विगतमा खोटाङ–युके एम्बुलेन्स प्रोजेक्टमार्फत सात वटा एम्बुलेन्स तथा एक अल्ट्रासाउन्ड मेसिन जिल्लालाई प्रदान गरिसकेको छ । साथै कोभिड संक्रमणकालमा जिल्लाबासीलाई अक्सिजन मेसिन पनि दिइएको थियो ।
खोटाङ सेवा समाज बेलायतले यो साल पनि खोटाङ जिल्लाको सबै पालिकाहरुमा खोटाङ–युके स्वास्थ्य शिविर संचालन गर्ने भएको छ ।
सभामुख अर्यालसँग एएनओको भेट, नेपाली मूलका मानिसलाई फरक ढङ्गले समेट्नुपर्छ
बेलायतबाट ९औं राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिताका लागि २ लाख सहयोग
पाँचदिने भ्रमणका लागि रास्वपा सभापति रवि लामिछाने भारत प्रस्थान
काठमाडौंमा छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव
गोर्खा वाकलाई मेलाकै रुपमा आयोजना गर्दैछौं : भीमराज तुम्बाहाम्फे [अन्तर्वार्ता]
नेपाल र बेलायत सरकारबीच ८ जुनमा हुने मन्त्रीस्तरीय वार्तालाई परिणाममुखी बनाउन गेसोको आग्रह
विचार : सहजताको मूल्य र गोपनीयता
आगामी जुन २१ मा नेपाली राजदूतावास लन्डनमा ध्यान तथा योग शिविर हुने
‘मोफा मित्र’ मोबाइल एपमार्फत कन्सुलर सेवा लिन विदेशमा रहेका नेपालीलाई परराष्ट्रमन्त्रीको आग्रह
संविधान संशोधनमा एनआरएनएले माग्यो विश्वभरका नेपालीको राय