
लण्डन । पूर्व गोरखा सैनिकका परिवारलाई बेलायतको आवासीय अधिकार मिलाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका पूर्व गोरखा सैनिक सूर्य नेम्वाङको फाइल प्रहरीले सरकारी वकिललाई बुझाएको छ ।
काठमाडौँ प्रहरीका अनुसार मंगलबार नेम्वाङको फाइल सरकारी वकिललाई बुझाइएको हो ।
सम्भवत बुधबार सरकारी वकिलको कार्यालयले नेम्वाङलाई काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गर्ने सम्भावना छ ।
बेलायतमा राजनीतिक र सामाजिक अभियानमा लामो समयदेखि सक्रिय नेम्वाङ आफ्ना पिता बिजुलीविक्रम नेम्वाङको निधन भएपछि काजकिरिया गर्न नेपाल पुगेका थिए । काजकिरिया सकिनासाथ उनलाई उनको गृह जिल्ला पाँचथरबाट पक्राउ गरी काठमाडौँ ल्याइएको थियो ।
प्रहरीले उनीसित बयान लिने क्रममा दुईपटक म्याद थप गरेको थियो ।
अब सरकारी वकिलले मुद्दा दायर गरेपछि उनलाई धरौटीमा छोड्ने वा पुर्पक्षका लागि थुनामा राख्ने भन्ने निक्र्यौल हुनेछ ।
नेम्वाङ पक्राउ परेपछि उनीमाथि ठगीका थप उजुरीहरु पर्न थालेका छन् । नेम्वाङ राजनीतिक दबाबका कारण छुट्नसक्ने भन्दै पीडितहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटी ध्यानाकर्षण पनि गराइसकेका छन् ।
गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिका पूर्व सहसंयोजक नेम्वाङ केही वर्ष अघिदेखि पूर्व गोरखा सैनिकका परिवारलाई बेलायत ल्याउन कानुनी सहयोग गर्ने कार्यमा संलग्न थिए । शुरुमा एभरेष्ट सोलिसिटरमार्फत यस कार्यमा जोडिएका उनी हालमा बोन्ड आडम्स ल फर्मसित सम्वद्ध थिए । उनले यसबाहेक बेलायतको अल्डरसट र नेपालमा कार्यालय समेत खोलेका थिए ।
नेम्वाङ अहिले पनि बेलायतको नेपालीको पुरानो संस्था यति नेपाली एसोसिएसनको वरिष्ठ उपाध्यक्ष हुन् । उनी यसअघि नेपाली जनसम्पर्क समिति, गैरआवासीय नेपाली संघ लगायतको संस्थामा नेतृत्वदायी भूमिकामा रहिसकेका छन् ।
अमेरिका र इरानबीच दुई साताका लागि युद्धविराम गर्ने सहमति
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने