
लण्डन । पूर्व गोरखा सैनिकका परिवारलाई बेलायतको आवासीय अधिकार मिलाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ परेका पूर्व गोरखा सैनिक सूर्य नेम्वाङको फाइल प्रहरीले सरकारी वकिललाई बुझाएको छ ।
काठमाडौँ प्रहरीका अनुसार मंगलबार नेम्वाङको फाइल सरकारी वकिललाई बुझाइएको हो ।
सम्भवत बुधबार सरकारी वकिलको कार्यालयले नेम्वाङलाई काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गर्ने सम्भावना छ ।
बेलायतमा राजनीतिक र सामाजिक अभियानमा लामो समयदेखि सक्रिय नेम्वाङ आफ्ना पिता बिजुलीविक्रम नेम्वाङको निधन भएपछि काजकिरिया गर्न नेपाल पुगेका थिए । काजकिरिया सकिनासाथ उनलाई उनको गृह जिल्ला पाँचथरबाट पक्राउ गरी काठमाडौँ ल्याइएको थियो ।
प्रहरीले उनीसित बयान लिने क्रममा दुईपटक म्याद थप गरेको थियो ।
अब सरकारी वकिलले मुद्दा दायर गरेपछि उनलाई धरौटीमा छोड्ने वा पुर्पक्षका लागि थुनामा राख्ने भन्ने निक्र्यौल हुनेछ ।
नेम्वाङ पक्राउ परेपछि उनीमाथि ठगीका थप उजुरीहरु पर्न थालेका छन् । नेम्वाङ राजनीतिक दबाबका कारण छुट्नसक्ने भन्दै पीडितहरुले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटी ध्यानाकर्षण पनि गराइसकेका छन् ।
गोरखा सत्याग्रह संयुक्त संघर्ष समितिका पूर्व सहसंयोजक नेम्वाङ केही वर्ष अघिदेखि पूर्व गोरखा सैनिकका परिवारलाई बेलायत ल्याउन कानुनी सहयोग गर्ने कार्यमा संलग्न थिए । शुरुमा एभरेष्ट सोलिसिटरमार्फत यस कार्यमा जोडिएका उनी हालमा बोन्ड आडम्स ल फर्मसित सम्वद्ध थिए । उनले यसबाहेक बेलायतको अल्डरसट र नेपालमा कार्यालय समेत खोलेका थिए ।
नेम्वाङ अहिले पनि बेलायतको नेपालीको पुरानो संस्था यति नेपाली एसोसिएसनको वरिष्ठ उपाध्यक्ष हुन् । उनी यसअघि नेपाली जनसम्पर्क समिति, गैरआवासीय नेपाली संघ लगायतको संस्थामा नेतृत्वदायी भूमिकामा रहिसकेका छन् ।
विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह
राहदानीको विषय समाधान उन्मुख छ : नेपाल सरकार परराष्ट्र मन्त्रालय
फिलिपिन्समा टाइफुन ‘कलमेगी’ को कहर, १४० जनाको मृत्यु र सयभन्दा बढी बेपत्ता
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
बेलायतमा ८ नोभेम्बरमा जीआरएनसीको ‘रिमेम्बरेन्स डे’समारोह
बेलायतका राजकुमार एन्ड्रूको उपाधि खोसियो
एनआरएनए हङकङद्वारा ईको कविता प्रतियोगिता आयोजना, विश्वभरका नेपाली साहित्यकारले भाग लिन पाउने
लन्डन जाने रेलमा छुरा प्रहार : ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
पत्रकार –साहित्यकार वाग्लेको ‘कोरियाना कफी गफ’ अब अंग्रेजीमा