
लण्डन । बेलायती प्रधानमन्त्री ऋषि सुनकलाई बेलायतका धनी प्रधानमन्त्रीमध्ये एक मानिन्छ । गत शुक्रबार मात्र उनले तिरेको करको फेहरिस्त सार्वजनिक गरेका छन् ।
सार्वजनिक गरिएको तथ्यांकअनुसार उनले सन् २०२२/२३ को आर्थिक वर्षमा कर मात्र ५ लाख पाउण्डभन्दा बढी तिरेका छन् ।
उनले ५ लाख ८ हजार ३०८ पाउण्ड कर तिरेको बताइएको छ । जुन सोभन्दा अघिल्लो वर्षको तुलनामा ७५ हजार पाउण्डले बढी छ ।
गत आर्थिक वर्षमा सुनकले पुँजीगत लाभमात्र १८ लाख पाउण्ड पाएका छन् । अघिल्लो वर्ष उनको पुँजीगत लाभ १६ लाख पाउण्ड रहेको थियो । २ लाख ९३ हजार ४०७ पाउण्ड भने उनले ब्याज र लाभांशवापत पाएका छन् ।
यी सबै आम्दानी उनको अमेरिकामा गरिएको लगानीबाट प्राप्त भएको बताइएको छ ।
यसका साथै प्रधानमन्त्री तथा सांसद भएवापत उनले १ लाख ३९ हजार ४७७ पाउण्ड आम्दानी गरेका छन् ।
उनले आम्दानीको २३ प्रतिशत मात्र करवापत तिरेको बताइएको छ ।
सुनकले भारतीय आइटी कम्पनी इन्फोसिसका संस्थापक नारायण मूर्तिकी छोरी अक्षता मूर्तिसित विवाह गरेका छन् । सुनक दम्पत्तिको सम्पत्ति करिब ५२९ मिलियन पाउण्ड रहेको अनुमान गरिएको छ ।
उता सुनकको मन्त्रिपरिषदमा अर्थमन्त्री रहेका जेरेमी हन्टले भने अघिल्लो आर्थिक वर्षमा ्१ लाख १७ हजार ४१८ पाउण्ड कर तिरेका छन् । उनको कुल आम्दानी ४ लाख १६ हजार ६०५ पाउण्ड रहेको छ ।
प्रमुख प्रतिपक्षी दलका नेता सर किअर स्ट्यामरले भने कर तिरेको सार्वजनिक गर्न बाँकी छ ।
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने