
लण्डन । बेलायती प्रधानमन्त्री ऋषि सुनकलाई बेलायतका धनी प्रधानमन्त्रीमध्ये एक मानिन्छ । गत शुक्रबार मात्र उनले तिरेको करको फेहरिस्त सार्वजनिक गरेका छन् ।
सार्वजनिक गरिएको तथ्यांकअनुसार उनले सन् २०२२/२३ को आर्थिक वर्षमा कर मात्र ५ लाख पाउण्डभन्दा बढी तिरेका छन् ।
उनले ५ लाख ८ हजार ३०८ पाउण्ड कर तिरेको बताइएको छ । जुन सोभन्दा अघिल्लो वर्षको तुलनामा ७५ हजार पाउण्डले बढी छ ।
गत आर्थिक वर्षमा सुनकले पुँजीगत लाभमात्र १८ लाख पाउण्ड पाएका छन् । अघिल्लो वर्ष उनको पुँजीगत लाभ १६ लाख पाउण्ड रहेको थियो । २ लाख ९३ हजार ४०७ पाउण्ड भने उनले ब्याज र लाभांशवापत पाएका छन् ।
यी सबै आम्दानी उनको अमेरिकामा गरिएको लगानीबाट प्राप्त भएको बताइएको छ ।
यसका साथै प्रधानमन्त्री तथा सांसद भएवापत उनले १ लाख ३९ हजार ४७७ पाउण्ड आम्दानी गरेका छन् ।
उनले आम्दानीको २३ प्रतिशत मात्र करवापत तिरेको बताइएको छ ।
सुनकले भारतीय आइटी कम्पनी इन्फोसिसका संस्थापक नारायण मूर्तिकी छोरी अक्षता मूर्तिसित विवाह गरेका छन् । सुनक दम्पत्तिको सम्पत्ति करिब ५२९ मिलियन पाउण्ड रहेको अनुमान गरिएको छ ।
उता सुनकको मन्त्रिपरिषदमा अर्थमन्त्री रहेका जेरेमी हन्टले भने अघिल्लो आर्थिक वर्षमा ्१ लाख १७ हजार ४१८ पाउण्ड कर तिरेका छन् । उनको कुल आम्दानी ४ लाख १६ हजार ६०५ पाउण्ड रहेको छ ।
प्रमुख प्रतिपक्षी दलका नेता सर किअर स्ट्यामरले भने कर तिरेको सार्वजनिक गर्न बाँकी छ ।
माओवादी र एकीकृत समाजवादीसहित १० वामशक्तिबीच एकता घोषणा
पद सम्हालेको एक वर्ष नपुग्दै बेलायतका लागि नेपाली राजदूत घिमिरे स्वदेश फिर्ता
एनआरएनए बृहत् एकताको अवधारणा अनुमोदन
एनआरएनए महिला विभागद्वारा जेनजी आन्दोलनपछि नेपालमा डायस्पोराको भूमिका विषयक अन्तरक्रिया
दोलखा रोल्वालिङ हिमपहिरो : एक विदेशीसहित ३ जनाको मृत्यु, ५ जनाको उद्धार, ७ अझै बेपत्ता