
संगम कुलुङ राईको नेपालमा शवयात्रा । इन्सेटमा संगम कुलुङ
लण्डन । ब्रिटिश सेनामा कार्यरत २३ वर्षीय संगम कुलुङ राईको सेवामा रहेकै बखत मृत्यु भएको छ ।
आर्मी नम्बर ३०३१२७०२ का राइफलम्यान राईको डिसेम्बर ८ डिसेम्बर २०२३ मा बेलायतको क्याट्रिक तालिम केन्द्रमा निधन भएको बताइएको छ तर उनको निधन के कारणले भयो भन्ने केही खुलाइएको छैन ।
२०५७ भदौ १६ मा जन्मेका राई मोरङ उर्लाबारी नगरपालिका ७ का स्थायी बासिन्दा हुन् । उनी अमरबहादुर राई र टङ्कमाया राईका छोरा थिए । उनी मार्शल आर्ट, गीतसंगीत र साहित्यप्रति रूचि राख्थे ।
उनको जनवरी २० तारिखका दिन नेपालस्थित घरमा शव लगी दाहसंस्कार गरिएको थियो । अन्तिम सँस्कार गर्नुअघि आयोजित छोटो कार्यक्रममा गोर्खा ब्रिगेडका उच्च अधिकृतहरूद्वारा छोटो मन्तब्यका साथै श्रद्धान्जलि व्यक्त गरिएको थियो ।
सन् २०१९ को फेब्रुअरीमा बेलायती सेनाको गोरखा ब्रिगेडमा भर्ती भएका राई तालिम सकेपछि सेकेण्ड गोरखा राइफलमा ब्रुनाइस्थित सी कम्पनीमा पोष्टिङ भएका थिए । सन् २०२२ मा ननकमिसनिङ नेतृत्व विकासको तालिम लिएका उनी क्याट्रिकमा इन्फेन्ट्री तालिम केन्द्रमा प्रशिक्षकका रूपमा कार्यरत थिए ।
उनको २०७८ सालमा विवाह भएको थियो ।
सामान्यत सेवामा रहेका सैनिक बित्दा मृत्युको कारणसहित समाचार बाहिर आउने गरे पनि कुनै कुनै अवस्थामा भने त्यस्तो कारण सर्वसाधारणका लागि सार्वजनिक गरिँदैन । बेलायती सेनाका पूर्व मेजर तथा लेखक प्रेम आले परिवारले मृत्युको कारण सार्वजनिक नगरिदिन अनुरोध गरेमा, मृत्युको कारण बाहिर ल्याउँदा सर्वसाधारण तथा सहकर्मीहरूको मनोबलमा असर पर्ने वा शत्रु पक्षको नैतिक बल बलियो हुने अवस्थामा मृत्युको कारण नबताइने बताउनुहुन्छ ।
राईको शव नेपाल लगिनुले उनी लामो समय बिरामी नभएको आँकलन गर्न सकिन्छ । यदि उनी लामो समय बिरामी भएको भए उनको परिवार उनलाई भेट्न बेलायत आउने थियो । सेनाभित्र कोही अति गम्भीर बिरामी भएको र उनको निकटको व्यक्ति सोही मुलुकमा नभएको अवस्थामा उनलाई भेट्न ‘फाष्ट ट्रयाक’बाट परिवारका सदस्यलाई बेलायत ल्याउने प्रावधान छ ।
बेलायतमा ग्रेटर रसमोर नेपाली कम्युनिटीले मनायो नयाँ वर्ष
इलाम समाज बेलायतमा नयाँ कार्यसमिति चयन, अध्यक्षमा धनबहादुर राई
खाडी क्षेत्र तनाव चुलिँदै, वार्ता अन्योलमा
यस्तो छ नेपालका प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति विवरण
हाङपाङ समाज यूकेको अध्यक्षमा मेदिनी फोम्बो
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
वालेन सरकारमा दुई नयाँ मन्त्री नियुक्त
प्रवासी नेपाली सम्पर्क मञ्च बेलायतद्वारा नेपाल सरकारलाई ९ बुँदे ज्ञापनपत्र, के-के छन् माग ?
नेपालका श्रममन्त्री दीपककुमार साह पदमुक्त
एनआरएनए पदाधिकारी र नेपाल पत्रकार महासंघबीच भेट, गैरआवासीय नेपालीका मुद्दालाई प्राथमिकता दिइने