
लण्डन । बेलायतको अर्थतन्त्रमा नोभेम्बर महिनामा झीनो सुधार देखिएको छ ।
अफिस फर न्याशनल स्ट्याटिटिक्स (ओएनएस) ले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार नोभेम्बर महिनामा बेलायतको कुल ग्राहस्र्थ उत्पादन (जीडीपी) ०.३ प्रतिशतले बढेको पाइएको छ ।
यसअघि अक्टोबर महिनामा बेलायतको जीडीपी ०.३ प्रतिशतले खुम्चिएको थियो ।
अर्थशास्त्रीहरुले भने नोभेम्बर महिनामा बेलायतको जीडीपी ०.२ प्रतिशत मात्र बढ्ने आँकलन गरेका थिए ।
ओएनएसका अर्थशास्त्री ग्रान्ट फिज्नरले नोभेम्बरमा खुद्रा बिक्री, कार र कम्प्युटर गेमका कारण बेलायतको अर्थतन्त्र बढेको बताए ।
उता वस्तुको उत्पादन भने बेलायतमा नोभेम्बर महिनामा सकारात्मक रहन सकेन । नोभेम्बरसहित बितेको तीन महिनामा उत्पादनमा ०.२ प्रतिशतले ह्रास आएको छ । जसका कारण सन् २०२३ मा बेलायतको अर्थतन्त्र आर्थिक मन्दीमा गएको हुनसक्ने पनि अनुमान गरिएको छ । डिसेम्बर महिनाको तथ्यांक आएपछि मात्र गत वर्षको बेलायतको अर्थतन्त्रको वास्तविक चित्र सार्वजनिक हुनेछ ।
एनआरएनए-एआईयू एमबीबीएस छात्रवृत्ति कविलवस्तुका सचिन र चितवनकी भावनालाई दिने घोषणा
पोखरामा नेपाली कलालाई विश्वमाझ चिनाउन प्रदर्शनी : नेपाली ३३ र बेलायतसहितका १५ विदेशी कलाकारको सहभागिता
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
नेपाल सरकार श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
भेनेजुएलाको राजधानीमा विस्फोट, अमेरिकी हस्तक्षेपको आरोप, के-के छन् घटनाक्रम ?
कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति
भेनेजुएलामा भएका अमेरिकी कारबाहीमा बेलायतको कुनै संलग्नता छैन : प्रधानमन्त्री स्टार्मर