
लण्डन । ब्रिटिस काउन्सिल नेपालले आफ्नो मुख्य कार्यालय लण्डनमा एक प्रदर्शनीको आयोजना गर्दै सहकार्य, साझेदारी र प्रभावका ६५औं वर्ष स्मरण गर्दैछ ।
बेलायत नेपाल मैत्री सन्धिको शतवार्षिकी उत्सवकै सन्दर्भमा आएको यो विशिष्ठ अवसरले दुई मुलुकहरुबीच सदियौंदेखि चलिआएको कुटनैतिक सम्वन्धलाई प्रष्ट पार्ने काउन्सिलले विश्वास लिएको छ ।
नेपालका लागि बेलायती राजदूत रब फेनले यस अवसरलाई कोशेढुंगाको संज्ञा दिँदै कृतज्ञता व्यक्त गर्नुभयो । राजदूत रब फेनले भन्नुभयो, “बेलायत र नेपालबीचको सम्बन्ध चीरस्थायी रहेको छ र ब्रिटिस काउन्सिल नेपालले हाम्रा दुई मुलुकहरुबीचको सास्कृतिक तथा शैक्षिक सम्बन्धहरुलाई सुदृढ बनाउन उल्लेख्य भूमिका खेलेको छ ।“
त्यसैगरी बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले भन्नुभयो, “ब्रिटिस काउन्सिलले आयोजना गरेको प्रदर्शनीले नेपाल र बेलायतबीचको साँस्कृतिक तथा शैक्षिक आदानप्रदानलाई उजागर गर्दछ, विगतलाई झल्काउँछ र भविष्यमा हुन सक्ने सहकार्यहरुलाई संकेत गर्दछ । दुई शताब्दीभन्दा लामो द्धिपक्षीय सम्बन्धको पृष्ठभूमिमा आयोजित यस प्रदर्शनीले दुई मुलुकहरुबीच रही आएको मित्रता, सहकार्य र सहयोगलाई थप फराकिलो र सुदृढ बनाउन सघाउँदछ ।”
बेलायत र नेपाल बीच कूटनैतिक सम्वन्धको एक अंशका रुपमा ६५ वर्ष अघि स्थापना भएको ब्रिटिस काउन्सिल नेपालले पहिलो ब्रिटिस पुस्तकालय स्थापना गरेको थियो । त्यसयता नेपाल सरकारका शैक्षिक तथा साँस्कृतिक सुधारका पहलहरुमा यो भरपर्दा साझेदारका रुपमा बिकास भएको छ, जसका प्रभावहरु लाखौं जनताहरुबीच पुगेका छन् ।
ब्रिटिस काउन्सिल नेपालकी देशीय निर्देशक शाहिदा म्याकडुगले पहिलो ब्रिटिस पुस्तकालयको स्थापनादेखि हालसम्मको यात्राको चर्चा गर्नुभयो । “विगतका ६ दशकहरुमा हामीले थुप्रै व्यक्तित्व र संघसंस्थाहरुसँग मिलेर लाखौँबीच पुग्न
सकेका छौं । साथै ब्रिटिस काउन्सिल नेपालले नेपालको शैक्षिक तथा साँस्कृतिक फाँटमा रुपान्तरणकारी प्रभाव छोड्न सफल भएको छ,” वहाँले भन्नुभयो ।
लण्डन मुख्य कार्यालयमा आयोजित प्रदर्शनीले ब्रिटिस काउन्सिलले शैक्षिक तथा साँस्कृतिक क्षेत्रहरुमा गरेका प्रयासहरु र उल्लेख्य योगदानहरुलाई प्रष्टाएको छ । विगतका ६५ वर्षहरुमा ब्रिटिस काउन्सिल नेपालले साझेदारीहरुलाई अभिवृद्धि गर्दै, सहकार्यलाई सहजीकरण गर्दै विभिन्न कार्यक्रमहरुमार्फत समुदायमा गतिलो छाप छोडन सम्भव तुल्याएको छ ।
प्रदर्शनी लण्डनको रेडम्यान पी एल, इ२० १जेक्यू, बेलायतमा सर्र्वसाधारणका लागि १ अप्रिल, २०२४ सम्म खुला रहने बताइएको छ ।

पोखरामा नेपाली कलालाई विश्वमाझ चिनाउन प्रदर्शनी : नेपाली ३३ र बेलायतसहितका १५ विदेशी कलाकारको सहभागिता
१६ जनवरीभित्र सदस्यता लिन गैरआवासीय नेपालीहरूलाई एनआरएनएको आग्रह
नेपाल सरकार श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेकाका पक्षमा निर्णय
बेलायतसहित युरोपमा चिसोका कारण जनजीवन प्रभावित
ऊर्जामन्त्री कुलमान घिसिङद्वारा पदबाट राजीनामा
नेपालमा बुद्ध एयरको विमान विमानस्थलको रनवेमा चिप्लिएर दुर्घटना, यात्रु सकुशल
नेपाली बक्सिङ खेलका प्रथम ओलम्पियन नामसिंह थापा मगरको हङकङमा निधन
बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने
स्विट्जरल्यान्डमा नयाँ वर्षको पार्टीका क्रममा रिसोर्टमा आगलागी, कम्तीमा ४० जनाको मृत्यु, १०० भन्दा बढी घाइते
भेनेजुएलाको राजधानीमा विस्फोट, अमेरिकी हस्तक्षेपको आरोप, के-के छन् घटनाक्रम ?