
काठमाडौँ । भिजिट भिसामा विदेश प्रस्थानको विद्यमान अवस्थालाई पुनर्विचार गरी थप सहजीकरण र व्यवस्थित गरिने भएको छ ।
आज गृह मन्त्रालयमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीसहित गृह, परराष्ट्र, शिक्षा, विज्ञान तथा प्रविधि र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव र सम्बद्ध पदाधिकारीको बैठकले उक्त निष्कर्ष निकालेको हो ।
बैठकले यसबारे छिट्टै नयाँ निर्णय गर्नुपर्ने आवश्यकता रहेको र त्यसका लागि प्रधानमन्त्रीसँगको परामर्श एवम् निर्देशनपश्चात् अन्तिम निर्णय गरिने निष्कर्ष निकालेको गृहमन्त्रीका प्रेस सल्लाहकार कमल गिरीले जानकारी दिनुभयो ।
बैठकमा प्राप्त सुझावसहित आवश्यक प्रस्तावको तयारी गर्न गृहमन्त्री श्रेष्ठले अध्यागमन विभागलाई निर्देशन दिनुभएको छ ।
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
लन्डनमा नेपाली बैंक सिटिजन्सलाई दोस्रो पटक ‘बैंक अफ द इयर अवार्ड’
भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा २२०० उडान रद्द, हजारौँ यात्रुहरू अलपत्र
महिला टि-२० विश्वकप: क्वालिफायर खेल्ने प्रारम्भिक नेपाली टोली घोषणा
जर्मनीका राष्ट्रपति स्टेनमेयर बेलायत भ्रमणमा
आप्रवासनका लागि बेलायत आउने व्यक्तिको सङ्ख्या ६९ प्रतिशतले घट्यो
रोयल बरो अफ ग्रीनविच नेप्लिज सोसाइटीमा संरक्षक र सल्लाहकार मनोनीत
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
विदेशमा रहेका नेपालीलाई नेपालबाटै स्वास्थ्य परामर्श
एनआरएनएका श्रेष्ठ र केसी समूहबीच बृहत् एकता, ६ महिनाभित्र महाधिवेशन गरिने