
म्याग्दी । बेलायत सरकारबाट उच्च सैनिक सम्मान भिक्टोरिया क्रस (भिसी) प्राप्त गर्नुभएका स्वर्गीय तुलबहादुर पुनको स्मृतिमा म्याग्दीमा सङ्ग्रहालय बनाउने भएको छ ।
पुनको जन्मथलो म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ को तिप्ल्याङमा सङ्ग्रहालय बनाउन उहाँको परिवारले जग्गा उपलब्ध गराउनुभएको हो ।
तुलबहादुरका छोरा अर्जुन तिलिजालगायत परिवारका सदस्यले तिप्ल्याङमा उपलब्ध गराएको चार आना जग्गामा सङ्ग्रहालय बनाउन विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार पारिएको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो । “बेनी–जोमसोम सडकको छेउमै रहेको जग्गामा भिसी तुलबहादुरको जीवन झल्काउने तस्बिरका साथै गाउँपालिका र म्याग्दीको ऐतिहासिक, मौलिक, सांस्कृतिक र दैनिक जीवनयापनमा प्रयोग हुने सामग्री सङ्कलन गरेर राख्ने तयारी गरेका छौँ”, उहाँले भन्नुभयो, “यस कार्यसँगै पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ । सङ्ग्रहालयको संरचना बनाउन लगानी खोजीमा छौँ ।”
दोस्रो विश्वयुद्धमा युद्धकला प्रदर्शन गरेबापत बेलायत सरकारले पुनलाई सर्वोच्च युद्व पदक भिक्टोरिया क्रसको सम्मान प्रदान गरेको थियो ।
तिप्ल्याङको नजिकै बादुकस्थित तुलबहादुरको जन्म घरलाई पनि संरक्षण गरेर राखिएको रघुगङ्गा–१ का वडा सदस्य बलमान गौचनले बताउनुभयो । “जन्मस्थानको अवलोकन÷भ्रमण गराउन र भिसीका कथा सुनाउन स्थानीय पथप्रदर्शकलाई उचित सीप र भाषामूलक तालिम सञ्चालन गर्ने योजना बनाएका छौँ,” उहाँले भन्नुभयो, “बादुकको कृष्ण आधारभूत विद्यालय र तिप्ल्याङमा तत्कालीन कालिका माविको संस्थापकसमेत रहेका पुनले गाउँको विकासमा समेत ठूलो योगदान पु¥याउनुभएको थियो ।”
मगर कलासंस्कृति, बेगसँग जोडिएको दोस्रो अग्लो र लामो झोलुङ्गे पुल भएको बादुक गाउँमा स्वः पुन नाममा सङ्ग्रहालय निर्माण गर्न सकेमा आन्तरिकसँगै बाह्य र अध्ययनका लागिसमेत पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिने वडाध्यक्ष बिलबहादुर फगामीले बताउनुभयो ।
भिसी पुनको समाधीस्थलमा स्थानीयवासीले संरक्षण गरी पुन्यतिथिमा श्रद्धाञ्जलिसभा गर्ने गरेका छन् । बेलायती गोर्खा सैनिकको सेवाबाट अवकाश पाएसँगै पुन आफ्नै गाउँ फर्किएर गोरखा वेलफेयर ट्रस्टमार्फत विभिन्न सामाजिक गतिविधिमा सक्रिय हुनुभएको थियो । विसं १९७९ फागुन २१ (४ मार्च १९२३) मा बाँदुकमा जन्मिएका तुलबहादुरको ८९ वर्षको उमेरमा विसं २०६८ मा तिप्ल्याङमा निधन भएको थियो ।
तुलबहादुरको सम्मानमा तिप्ल्याङदेखि बाँदुक गाउँ जोड्ने सडकलाई भिसी मार्ग नामकरण गरिएको छ । भिसी सौर्य पदक मुलतः शत्रु पक्षको उपस्थितिमा आफ्नो राष्ट्रको लागि अद्धितिय पराक्रम र निष्ठा युद्धभूमिमा प्रदर्शन गरे बापत बेलायत सरकारले प्रदान गर्ने व्यक्तिगत अदम्य साहस र उच्चतम बहादुरीको प्रतीक हो ।
बेलायतको एक रेल सेवाले स्व तुलबहादुर पुनको सम्मानमा रेल सेवाको नामकरण समेत गरेको छ । पुनले भिक्टोरिय क्रस पाउँदा २१ वर्षका हुनुहुन्थ्यो ।
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित
ब्रिटिस गोर्खा सैनिकमा नेपालबाट ३२३ नयाँ राइफलम्यान छनोट
इस्लामाबादको मस्जिदमा विस्फोट : १३ जनाको मृत्यु, १६९ जना घाइते
अमेरिकामा अत्यधिक हिमपात, २४ सय भन्दा बढी उडानहरू अवरुद्ध
नेपालका राष्ट्रपति पौडेल जापान भ्रमणमा, लगानी गर्न व्यापारिक समुदायलाई आह्वान
बेलायतमा नेकपा निकट संगठनहरुबीच एकता, संयोजकमा बिमला लिम्बु
बङ्गलादेशकी पूर्वप्रधानमन्त्री हसिना र भतिजीलाई भ्रष्टाचारमा जेल सजाय
अमेरिकी संसद्मा सरकारी कामकाज ठप्प अन्त्यका लागि मतदान