
लण्डन । बेलायतको मिडल्यान्ड निवासी समाजसेवी दयानिधि सापकोटाले मानव सेवा आश्रमलाई ५ लाख रुपैयां सहयोग दिने प्रतिवद्धता व्यक्त गरेका छन् ।
मानव सेवा आश्रम यूकेले साझा नेपाली समाजको समन्वयमा सोमबार गरेको ‘आमा’ सेमिनारमा गैरआवासीय नेपाली संघका युरोप उपसंयोजक सापकोटाले आफ्नी दिवंगत बहिनीको सम्झनामा पाँच लाख दिने घोषणा गरेका हुन् ।
नटिङघममा आयोजित उक्त कार्यक्रमका प्रमुख अतिथी सापकोटाले मानव सेवा आश्रमको कामबाट आफू अत्यन्त प्रभावित भएको बताउंदै आफ्नो सानो सहयोगले अरुलाई पनि प्रेरित गर्ने विश्वास व्यक्त गरे ।
अक्टोबरमा हुने निर्वाचनमा एनआरएनए केन्द्रीय सचिव उम्मेदवार सापकोटाले विगतमा पनि बेलायत र नेपालमा कयौं च्यारिटी गरेका छन् ।
सेमिनारबाट आश्रमलाई करिब १३ लाख रुपैयां सहयोग जुटेको छ। साझा नेपाली समाजका सचिव एवं युवा ब्यवसायी सुरेश केसीले पनि पाँच लाखको सहयोग प्रतिवद्धता गरेका छन् भने एक दर्जन जतिले मानव सेवा आश्रमको बेलायत खातामा मासिक १० पाउन्ड डाइरेक्ट डेविटको प्रतिवद्धता जनाएका छन् ।
मानव सेवा आश्रमले वि. सं. २०८२ सम्म सडक आश्रित जीवन मुक्त नेपाल बनाउने लक्ष्य राखेको छ।
साझा नेपाली समाजका अध्यक्ष दिपक सापकोटाको अध्यक्षतामा भएको सेमिनारमा मानव सेवा आश्रमका संस्थापक रामजी अधिकारी, महासचिव सुशिला केसी, सचिव एवं प्रवक्ता सुमन बर्तौला र बेलायत शाखाका संयोजक सुनिल बाबु खड्काको विशेष उपस्थिति थियो।
मानव सेवा आश्रमका संस्थापक एवं प्रस्तोता रामजी अधिकारीको प्रस्तुतिले सहभागी निकै भावुक बनेका थिए।
वि सं २०६९ सालमा हेटौडामा सडकमै जीवन गुजारा गरिरहेका १८ जना बेवारिसे, अशक्त आमाबुवालाई सरसफाई र नुवाइ धुवाई गरि एउटा अस्थायी आवासमा राखेर शुरु भएको अभियान अहिले देशभरि फैलिएको छ।
अहिले १७ जिल्लामा आश्रम संचालनमा छन् भने आश्रम र आश्रम अन्तर्गतका केन्द्रहरुबाट ६ हजार भन्दा बढी अशक्त बाबाआमाको उद्धार गरिएको छ, जसमध्ये २४ सयको आफ्नै परिवारसँग पुर्नमिलन भएको छ। आश्रमका विभिन्न शाखाहरुमा हाल झन्डै १,६०० व्यक्तिको रेखदेख तथा स्याहार सुसार भइरहेको छ।
सन् २०३० भित्र चन्द्रमामा मानव पठाउने चीनको लक्ष्य
नेपालमा प्रतिकूल मौसमले आन्तरिक तथा अन्तरराष्ट्रिय हवाई उडान प्रभावित
महिला फुटबल नेपालसँग भारत पराजित
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
‘हिडन भ्याली’मा अलपत्र परेका तीन बेलायती महिलासहित १२ स्वदेशी पर्यटकको उद्धार प्रयास जारी : नेपाली सेना
बेलायतको ननिटनका मेयर भूतपूर्व गोर्खा क्याप्टेन सारू सिंहदरबारमा सम्मानित
आदिवासी जनजाति महासंघ क्यालिफोर्नियाको अध्यक्षमा कुमार दोङ
नेपालमा कार्की नेतृत्वको सरकारमा दुई मन्त्री थप
बेलायतमा तमु समाज यूकेले यस वर्ष पनि खेल्यो देउसी-भैलो
जीआरएनसी यूकेले भवन खरिद प्रक्रिया अघि बढायो, पूर्वअध्यक्ष बेल्वासेको संयोजकत्वमा समिति गठन