
लण्डन । यतिबेला नेपालबाट बेलायत गएर सांगीतिक कार्यक्रम गर्ने नेपाली कलाकारहरुमा खुबै लहड चलेको छ । नेपालका चलेका संगीतकर्मीहरुले वर्षमा कैयौ कार्यक्रम पनि भ्याइरहेका छन् । साथमा हाँस्य कलाकारहरुको पनि कार्यक्रममा उत्तिकै माग देखिन्छ ।
यसै सिलसिलामा आगामी १९ अगष्ट २०२३ मा बेलायतको अल्डरशटमा अर्को सांगीतिक तथा हाँस्यब्यङग्य कार्यक्रमको आयोजना हुँदैछ । सुम्निमा इन्टरटेण्मेण्ट युकेले आयोजना गर्न गइरहेको उक्त कार्यक्रममा खोर्सानी डल्ले गायक भिषण मुकारुङ राई तयारी अबस्थामा छन् । त्यसैगरी नेपाली हाँस्यब्यङग्य क्षेत्रका चर्चित कालाकार फुलन्देको आमा अर्थात उमेश राई पनि बेलायत आइसकेका छन् । कार्यक्रममा फुलन्देको आमाले बेलायतबासी आफना शुभचिन्तकहरुलाई यसपाली राम्रैसँग हँसाउने आयोजकको अपेक्षा छ ।
नेपालदेखि नै आएका अर्का उदयमान गायक निश्चल राई भिषणसंगै तीन महिना अगाडी बेलायत आएका हुन् । बेलायतमा साथीभाई तथा शुभचिन्तकहरुबाट रामे लक्षे नाम पाएका यी दुई दाजुभाईले बेलायतभरी करीब २० वटाजति कार्यक्रम त भ्याइसकेका छन् र सुम्निमा साँझ २०२३ नाम दिइएको उक्त कार्यक्रमबाट लगभग आफनो बसाई बिट मार्ने सोचमा छन् ।
उता नेपालदेखि स्थाई बसोबासका लागि गएका कलाकारहरुको ठूलै जत्था पनि बेलायतमा भेला भएका छन् । नेपाली तारामा रनरअप भएका चर्चित गायक तारा लक्सम लिम्बु, मुन्दुमी गायिका जानुका राईदेखि गायक श्याम सामसोहाङ राईसम्मले पनि उक्त कार्यक्रममा प्रस्तुती दिने कार्यक्रमका आयोजक संस्था सुम्निमा इन्टरटेण्मेण्ट युकेका अध्यक्ष कपिल राईले जानकारी दिएका छन् ।
पछिल्लो समय संगीतभन्दा नेपालका पर्यटन क्षेत्रको बिकासमा बढी लागिपरेका श्याम सामसोहाङ राईले हालै केही महिना अगाडी नेपाल आएर मुन्दुम ट्रेल नामक संस्मराणfत्मक पुस्तक पनि बजारमा ल्याएका थिए । उक्त पुस्तक नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले सार्बजनिक गरेका थिए ।
नेपाल बाहिर आएपछि नेपालको माया बढी हुने रहेछ त्यसैले नेपालीहरुलाई गीत संगीतको माध्यमबाट नेपालको सम्झना मेटाउन उक्त कार्यक्रम आयोजना गर्न लागिएको कुरा आयोजक संस्थाका सचिव समेत रहेका मनिका राईले बताइन् ।
बेलायती पोर्न कम्पनी एभिएस ग्रुपलाई १० लाख पाउन्ड जरिवाना
लन्डनमा नेपाली बैंक सिटिजन्सलाई दोस्रो पटक ‘बैंक अफ द इयर अवार्ड’
भारतको सबैभन्दा ठूलो विमान कम्पनीद्वारा २२०० उडान रद्द, हजारौँ यात्रुहरू अलपत्र
महिला टि-२० विश्वकप: क्वालिफायर खेल्ने प्रारम्भिक नेपाली टोली घोषणा
जर्मनीका राष्ट्रपति स्टेनमेयर बेलायत भ्रमणमा
आप्रवासनका लागि बेलायत आउने व्यक्तिको सङ्ख्या ६९ प्रतिशतले घट्यो
रोयल बरो अफ ग्रीनविच नेप्लिज सोसाइटीमा संरक्षक र सल्लाहकार मनोनीत
बेलायतमा अध्ययन गर्न विद्यार्थी आउने मुख्य पाँच मुलुकमा नेपाल पनि
विदेशमा रहेका नेपालीलाई नेपालबाटै स्वास्थ्य परामर्श
लगातारको भारी वर्षापछि श्रीलङ्कामा भीषण बाढी–पहिरो, ५६ जनाको मृत्यु