
लण्डन । सुनिलबाबु खड्का अध्यक्ष रहेको एनआरएनए युकेको आगामी कार्यकालको नेतृत्वका लागि चार जनाको उम्मेदवारी परेको छ ।
शनिबार दिउँसो ३ बजेसम्म मनोनयन दर्ताका लागि समय तोकिएकोमा अध्यक्षमा चार जनाको उम्मेदवारी परेको हो ।
निर्वाचन समितिका सदस्य विपिन निरौलाका अनुसार वर्तमान उपाध्यक्ष नारायण कँडेल, तमधिँ युकेका निवर्तमान अध्यक्ष हितकाजी गुरुङ, एनआरएनए इङ्ल्याण्ड राज्य समितिका संयोजक लालबहादुर (एलबीजेड) गुरुङ र एनआरएनए आइसिसी सदस्य दिनेश घिमिरेको उम्मेदवारी परेको छ ।
महासचिवमा दुई जनाको उम्मेदवारी परेको छ । वर्तमान उपाध्यक्ष गोविन्द खरेल र बालकृष्ण भूषालले महासचिवमा उम्मेदवारी दिएका छन् ।
निर्वाचन समितिले मनोनयन दाखिल गर्ने सबै उम्मेदवारहरुप्रति धन्यवाद व्यक्त गर्दै उम्मेदवारी प्रक्रियामाथि अहिले छानविन चलिरहेको र छिट्टै नामावली प्रकाशन गर्ने जनाएको छ ।
सबै पदाधिकारीका पदहरुमा दुईभन्दा बढी उम्मेदवारी परेको बताइएको छ ।
उता प्रेम गाहामगर अध्यक्ष रहेको एनआरएनए युकेको निर्वाचन समितिमा सदस्य रहेका कर्मा पहाडी शेर्पाले पनि उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।
एनआरएनए–ईक्यान सहकार्य: विदेश जाने विद्यार्थीका लागि क्यारियर पोर्टलदेखि अभिमुखीकरण सुदृढीकरणसम्म
श्रीलङ्का सरकारद्वारा ३२ करोड डलर राहत प्याकेज घोषणा
यस्तो छ नेपालमा मन्त्रीहरुको मर्यादाक्रम हेरफेर, गुरुङ पाँचौंमा घटुवा
चन्द्र उडानपछि फर्किंदै आर्टेमिस टोली
पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई बिहीबारभित्र अनुसन्धान पूरा नभएमा हिरासत मुक्त गर्न सर्वोच्चको आदेश
जितबहादुर सिंजाली मगर साहित्य प्रतिष्ठानद्वारा विभिन्न पुरस्कार घोषणा
लन्डन दूतावासमा २५ अप्रिलमा नेपाली बालबालिकाका लागि ‘वान चाइल्ड, वान प्लान्ट’ कार्यक्रम हुने
भूपू गोर्खाहरूलाई नागरिकको दर्जामा राख्न नेपाल सरकारसँग सांसद हर्कराज राईको माग
संसद्मा रवि लामिछानेको उद्घोष – ‘एकपटकको नेपाली सधैंको नेपाली’को वाचा पूरा गरेरै छाड्छौं
एनआरएनएले प्रवासी नेपाली श्रमिकका लागि १० अप्रिलमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम गर्ने