
लण्डन । बेलायतमा नेपाली युवाहरूले सन्चालन गरेको एस्टार नेपलिज बास्केट बल लिगको फाइनल खेल डिबीएस र साउथ आसफोर्ड वुल्फ्जबीच हुने भएको छ ।
मार्चदेखि शुरु भएको सो लिगको अन्तिम खेल यही शनिबार हुँदैछ ।
ब्रुनेल विश्वविद्यालयको स्पोर्टस हल अक्सब्रिजमा हुने लिगको अन्तिम दिन सेमीफाइनल र फाइनल खेल हुने छ । सेमीफाइनलको एक खेल स्न्याचर्स र डीबीएसबीच हुनेछ भने अर्को खेल साउथ आसफोर्ड वुल्फ्ज र बलर्स स्ल्यामर्सबीच हुनेछ ।
अन्तिम दिन महिला बास्केटबलको विशेष प्रदर्शनी रहनेछ ।
सो दिन पुरस्कार तथा अन्य मनोरन्जनात्मक प्रस्तुति पनि देखाइने बताइएको छ ।
हिलिङडन काउन्सिलका मेयर शेहर्यार अहमद बालाना, हाउन्स्लोका उपमेषर आदेश फार्महाम, काउन्सिलर विष्णु गुरुङ, कीर्तिमानी सगरमाथा आरोही हरि बुढामगर, एनआरएनए अध्यक्ष प्रेम गाहामगर पनि सो कार्यक्रममा उपस्थित हुनेछन् ।
ए स्टार फाइनान्सियल सर्भिसेज टाइटल स्पोन्सर रहेको सो प्रतियोगितामा ट्याफ ट्याप सेन्ड र नेपलिज सेन्टर हेज पनि स्पोन्सर रहेका छन् ।
बेलायतमा फुटबल, भलिबलको नेपाली समुदायबीच नियमित खेल हुने गरे पनि बास्केट बलको नियमित खेल थिएन । नेपाल बास्केटबल युकेले गत वर्षदेखि बास्केट बल लिग शुरु गरेको हो ।
एनपिएल दोस्रो संस्करणको उपाधि लुम्बिनी लायन्सलाई
नेकपा एमालेको ११औँ महाधिवेशन भव्य समारोहबीच भक्तपुरमा उद्घाटन
नेपालमा थप चार मन्त्री नियुक्त
बेलायतको अर्थतन्त्र आगामी वर्ष सुस्त गतिमा वृद्धि हुन्छ : बीसीसी
नेपालका अर्थमन्त्रीसँग एनआरएनएको छलफल, विकास कोषका लागि नियमावली परिमार्जन गरिने
बेलायतको प्रोपर्टी मार्केटमा हुँदै गरेको परिवर्तनमा बारेमा निशुल्क वेभिनार
हङकङको आगलागीमा बितिन् एनआरएनए युकेका पूर्व अध्यक्ष अशोक श्रेष्ठकी पत्नी
बेलायतमा नेपाली विद्यार्थीलाई आफ्नो कारले ठक्कर दिएको र्यापर स्यामुएको स्वीकार
दर्शकको मन जित्ने आशा गरिएको अर्को चलचित्र ‘मिरमिरे’ आउँदै
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता प्रकरण : ५ जना पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा