
लण्डन । आयरल्याण्डका लागि समेत राजदुत रहेका बेलायतका लागि नेपाली राजदुत ज्ञानचन्द्र आचार्यले आज आयरल्याण्डका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ ।
डब्लिनस्थित राष्ट्रपतिको कार्यालयमा उहाँले राष्ट्रपति माइकल डी हिगिन्ससमक्ष ओहोदाको प्रमाणपत्र बुझाउनुभएको छ ।
ओहोदाको प्रमाणपत्र ग्रहणपश्चात राष्ट्रपति हिगिन्सले आचार्यलाई बधाई ज्ञापन गर्नुका साथै सफल कार्यकालको शुभकामना पनि दिएका थिए । आचार्यको कार्यकालमा दुई देशबीचको सम्बन्ध अझै प्रगाढ हुने विश्वास उलने प्रकट गरे ।
सो अवसरमा राजदुत आचार्यले राष्ट्रपतिको सुस्वास्थ्य र आयरल्याण्डका जनताको उत्तरोत्तर प्रगतिका लागि नेपालका राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सन्देश सुनाएका थिए । जवाफमा राष्ट्रपति हिगिन्सले नेपालका राष्ट्रपति र नेपालका जनताको उत्तरोत्तर सम्बृद्धिको कामना गरेका थिए ।
राजदुत आचार्यले कोभिड महामारीका बेला आयरल्याण्डले नेपाललाई पुुर्याएको सहयोगको प्रशंशा गर्नुका साथै नेपालको राजनीतिक, सामाजिक र आर्थिक विकास तथा विकासका प्राथमिकताका बारेमा जानकारी गराएका थिए । नेपाल र आयरल्याण्डबीच पर्यटन, शिक्षा तथा सूचना प्रविधिका माध्यमबाट अझै मजबुत सम्बन्ध बनाउन सकिनेमा दुवैको सहमति थियो ।
उहाँहरुबीच आयरल्याण्डमा रहेका नेपाली समुदायका बारेमा पनि कुराकानी भएको थियो ।
सो अवसरमा राजदुत आचार्य, धर्मपत्नी सुनिता आचार्य र दुताबासका द्वितीय सचिव रामबाबु नेपाल उपस्थित थिए ।

सम्झनयोग्य कृति : सम्झनाको चोमोलुङ्मा
यस्तो छ मार्चमा हुने एनआरएनएको विश्व सम्मेलन र महाधिवेशन तालिका
‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरलाई
पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई
मनोविद् डा. राईको पाँचौं कृति सार्वजनिक
नेपाली विद्यार्थीको शव स्वदेश पठाउन बेलायतमा उठ्यो साढे १० हजार पाउन्ड
बेलायतबाट डा हेमराज शर्माद्वारा एनआरएनएको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा
नेपालका राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत
एपस्टिनसँग म्यान्डेलसनको सम्बन्ध रहेको प्रकरणमा बेलायती प्रधानमन्त्रीका उच्च सहयोगीद्वारा राजीनामा
रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो [अपडेट]